काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अंजली इन्टरनेशनललाई स्वीकृत भएको कर्जा रकम उपलब्ध नगराएको आरोपमा पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको हो ।
यसअघि उनी सनराइज बैंकको सीइओ हुँदा ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत भएको र त्यसमध्ये ८९ लाख रुपैयाँ बराबरको धितो बैंकको पक्षमा राखिए पनि रकम प्रवाह नगरिएको दाबी गरिएको छ ।
सरकारी वकिलले ८९ लाख रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको अभियोगपत्रमा उल्लेख छ ।
यो मुद्दाले बैंकिङ निर्णय र फौजदारी दायित्वबीचको सीमाबारे पुनः बहस सुरु गराएको छ । उनी प्रभु बैकमा आएदेखि पनि बैंकको प्रदर्शन राम्रो हुन सकेको छैन ।
प्रभु बैंकसँग जोडिएका विभिन्न प्रकरणमा उनीमाथि यसअघि पनि विभिन्न आरोप तथा प्रश्न उठ्दै आएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।