शुक्रबार, आश्विन ३०,२०८३ 04:39:12
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 04:39:12
प्रभु बैंकलाई दशा : बहालवाला सीईओलाई धरौटी, पूर्वसीईओलाई थुना
BANKING

प्रभु बैंकलाई दशा : बहालवाला सीईओलाई धरौटी, पूर्वसीईओलाई थुना

काठमाण्डौ । प्रभु बैंकमा नेतृत्वको संकट थप गहिरिएको छ। प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पर्सा जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा तारेखमा बसेर मुद्दा लड्न पाउने आदेश दिएकै दिन उनका पूर्ववर्ती अशोक शेरचनलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। एउटै दिन आएका दुई न्यायिक आदेशले बैंकको वर्तमान र पूर्वकार्यकारी नेतृत्व दुवैलाई गम्भीर कानुनी...

प्रभू बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाडिए पनि अदालतले देखेन निर्दोष भन्न सकिने आधार
BANKING

प्रभू बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाडिए पनि अदालतले देखेन निर्दोष भन्न सकिने आधार

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पर्सा जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । तर, ठगी तथा आपराधिक विश्वासघात मुद्दाको प्रारम्भिक सुनुवाइमा अदालतले तत्काल प्राप्त प्रमाणबाट उनलाई आरोपित कसूरबाट अलग राख्न सकिने अवस्था नदेखिएको उल्लेख गरेको छ ।मंगलबार न्यायाधीश देवी कुमारी चौधरीको इजलासले जारी गरेको थुनछेक आदेशमा शर्माको...

प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख धरौटीमा छुट्ने, पर्सा जिल्ला अदालतको आदेश
BANKING

प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख धरौटीमा छुट्ने, पर्सा जिल्ला अदालतको आदेश

काठमाण्डौ । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ।पर्सा जिल्ला अदालतकी न्यायाधीश देवी कुमारी चौधरीको इजलासले मंगलबार शर्मासँग २ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिएर तारेखमा राख्न आदेश दिएको हो।अदालतको आदेशमा तत्काल प्राप्त...

अदालत गएनन् शर्मा, विनियमावली कार्यान्वयनमा प्रभु बैंकको नेतृत्वमाथि प्रश्न
BANKING

अदालत गएनन् शर्मा, विनियमावली कार्यान्वयनमा प्रभु बैंकको नेतृत्वमाथि प्रश्न

काठमाण्डौ । पक्राउ पुर्जी जारी भएका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा सोमबार पर्सा जिल्ला अदालतमा उपस्थित भएनन्। अदालतमा उपस्थित भएर धरौटीमा छुट्ने तयारी भइरहेको विवरण सार्वजनिक भइरहेका बेला उनी उपस्थित नभएपछि बैंकको नेतृत्व र उनीमाथिको कारबाहीसम्बन्धी प्रश्न थप पेचिलो बनेको छ।प्राप्त जानकारीअनुसार शर्मा र उनीसँगै मुद्दामा जोडिएका अन्य...

आठ कर्मचारीलाई निलम्बन गर्ने नियम सीईओलाई किन लागेन ? प्रभु बैंकमा शर्माको ‘विशेष सुविधा’माथि प्रश्न
BANKING

आठ कर्मचारीलाई निलम्बन गर्ने नियम सीईओलाई किन लागेन ? प्रभु बैंकमा शर्माको ‘विशेष सुविधा’माथि प्रश्न

काठमाण्डौ । एउटै बैंक, एउटै विनियमावली र फौजदारी अभियोगमा मुद्दा दायर भएको अवस्था। तर अरू कर्मचारीलाई निलम्बन गर्न प्रयोग गरिएको व्यवस्था प्रमुख कार्यकारी अधिकृतको हकमा कार्यान्वयन भएको स्पष्ट विवरण सार्वजनिक नहुँदा प्रभु बैंकको सञ्चालक समितिमाथि गम्भीर प्रश्न उठेको छ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी...

सादा पोशाकका सुरक्षाकर्मीलाई छलेर यसरी भागेका रहेछन् प्रभू बैंकका सीईओ !
BANKING

सादा पोशाकका सुरक्षाकर्मीलाई छलेर यसरी भागेका रहेछन् प्रभू बैंकका सीईओ !

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पक्राउ गर्न प्रहरी टोली बैंकको मुख्यालय पुगेपछि उनी आपत्कालीन निकासबाट बाहिरिएको कर्मचारीहरूले दाबी गरेका छन्। घटनासँग सम्बन्धित सीसीटिभी फुटेजसमेत हटाइएको आरोप आएपछि बैंकभित्रको सुरक्षा र अभिलेख संरक्षणमाथि प्रश्न उठेको छ।पर्सा जिल्ला अदालतमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी...

आफ्नै नियम पन्छाएर सीईओको संरक्षण ? प्रभु बैंकको सञ्चालक समिति र राष्ट्र बैंकमाथि प्रश्न
BANKING

आफ्नै नियम पन्छाएर सीईओको संरक्षण ? प्रभु बैंकको सञ्चालक समिति र राष्ट्र बैंकमाथि प्रश्न

काठमाडौं । प्रभु बैंकको कर्मचारी विनियमावली स्पष्ट छ-राज्यको कुनै निकायले कर्मचारीविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरे त्यस्तो कर्मचारी स्वतः निलम्बनमा परेको मानिनेछ। पर्सा जिल्ला अदालतमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा प्रतिवादी छन्।यी दुई दस्तावेजले प्रभु बैंकको सञ्चालक...

प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध ठगी मुद्दा दायर
BANKING

प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध ठगी मुद्दा दायर

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।  अंजली इन्टरनेशनललाई स्वीकृत भएको कर्जा रकम उपलब्ध नगराएको आरोपमा पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको हो ।  

घोटाला र खराब कर्जाको घेरामा प्रभु बैंक, इक्राले देख्यो मध्यम ‘डिफल्ट रिस्क’ !
BANKING

घोटाला र खराब कर्जाको घेरामा प्रभु बैंक, इक्राले देख्यो मध्यम ‘डिफल्ट रिस्क’ !

काठमाण्डौ । उच्च व्यवस्थापन जोडिएका विवादास्पद कर्जा प्रकरण र लगातार बिग्रिँदो वित्तीय स्वास्थ्यले प्रभु बैंकलाई थप संकटतर्फ धकेलेको छ। खराब कर्जाको बोझ थेग्न नसक्ने गरी बढेपछि इक्रा नेपालले बैंकको रेटिङ घटाउँदै नकारात्मक निगरानीलाई निरन्तरता दिएको हो।इक्राले प्रभु बैंकको इस्युअर रेटिङ ‘आईसीआरएएनपी–आईआर बीबी प्लस’बाट घटाएर ‘बीबी’मा झारेको छ। बैंकले जारी गरेको एक...

रिकभरी रणनीति फेल, कर्मचारीलाई दोष दिएर उम्किने खेल !
BANKING

रिकभरी रणनीति फेल, कर्मचारीलाई दोष दिएर उम्किने खेल !

काठमाडौं। वित्तीय सूचकमा आएको भयावह गिरावटले थलिएको प्रभू बैंकभित्र अब नेतृत्व र आन्तरिक व्यवस्थापनको संकटसमेत चर्किएको छ।सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेर आएको करिब ६ महिनापछि प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणले बैंकको नाफा, खराब कर्जा, कर्जा नोक्सानी व्यवस्थापन, पूँजी पर्याप्तता र वितरणयोग्य नाफालगायत प्रमुख सूचकमा गम्भीर...

प्रभू बैंकभित्र ४८ करोडको अर्को खेल !
BANKING

प्रभू बैंकभित्र ४८ करोडको अर्को खेल !

काठमाडौं। प्रभू बैंकभित्रका कर्जा विकृति र शंकास्पद कारोबारको शृंखला सार्वजनिक भइरहेका बेला करिब ४८ करोड रुपैयाँको अर्को विवादित कर्जा प्रकरणमा बैंकका हालका मार्केटिङ म्यानेजर दीपेन्द्र बिष्टको नाम जोडिएको छ।एसियन भिलेज रिसोर्टका नाममा प्रवाह भएको उक्त कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्य कम्पनीको बक्यौता तिर्न प्रयोग गरिएको आशंकासहित बिष्टको भूमिकामाथि...

प्रभू बैंक डुबाउँदै सुमन शर्मा !
BANKING

प्रभू बैंक डुबाउँदै सुमन शर्मा !

काठमाण्डौ । प्रभू बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेपछि बैंकको बिग्रिँदो वित्तीय स्वास्थ्य सुधार्ने अपेक्षा गरिएका सुमन शर्मा प्रारम्भिक परीक्षामै असफल देखिएका छन्।२०८२ माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। त्यतिबेलासम्म बैंकको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक...

प्रभूको खातामा ‘छलछाम’को गन्ध: २० अर्ब बढी कर्जा समस्याग्रस्त हुनसक्ने
BANKING

प्रभूको खातामा ‘छलछाम’को गन्ध: २० अर्ब बढी कर्जा समस्याग्रस्त हुनसक्ने

काठमाडौं। प्रभू बैंक लिमिटेडको वित्तीय स्वास्थ्य गम्भीर संकटतर्फ धकेलिएको बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले पुष्टि गरेको छ।अघिल्लो आर्थिक वर्षमा ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक यस वर्ष १ अर्ब ९ करोड २८ लाख रुपैयाँ खुद घाटामा पुगेको छ। बैंकको खराब कर्जा अनुपात एक वर्षमै ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत...

बिजशाला प्रभावः प्रभू बैंकको सञ्चालक नियुक्ति विवाद अख्तियार पुग्यो, अध्यक्ष कार्कीसहित जिम्मेवार पदाधिकारीमाथि छानबिन हुनुपर्ने
BANKING

बिजशाला प्रभावः प्रभू बैंकको सञ्चालक नियुक्ति विवाद अख्तियार पुग्यो, अध्यक्ष कार्कीसहित जिम्मेवार पदाधिकारीमाथि छानबिन हुनुपर्ने

काठमाण्डौ । प्रभू बैंक लिमिटेडमा सञ्चालक नियुक्तिका क्रममा प्रचलित कानुन, नियामकीय व्यवस्था र सुशासनका सिद्धान्त उल्लंघन भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।बिजशालाले केही दिनअघि सार्वजनिक गरेको प्रभू बैंकको सञ्चालक नियुक्तिसम्बन्धी विवादित विषयलाई मुख्य प्रमाणका रूपमा समेट्दै बैंकका एक सरोकारवाला सेयरधनीले आयोगमा उजुरी दिएका हुन्।...

कर्णालीको पाठ बिर्सियो राष्ट्रबैंकले, प्रभु बैंकलाई टेकओभर गर्न ढिलाइ गर्दा प्रणालीगत संकटको जोखिम
BANKING

कर्णालीको पाठ बिर्सियो राष्ट्रबैंकले, प्रभु बैंकलाई टेकओभर गर्न ढिलाइ गर्दा प्रणालीगत संकटको जोखिम

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको वास्तविक खराब कर्जा अनुपात सार्वजनिक विवरणमा देखाइएको भन्दा अत्यधिक रहेको बिजशालाको खुलासापछि बैंकमाथि तत्काल विशेष निरीक्षण गर्नुपर्ने माग तीव्र बनेको छ।बैंकका केही सेयरधनी, निक्षेपकर्ता तथा कर्मचारीले नेपाल राष्ट्र बैंकसमक्ष प्रभु बैंकको विस्तृत सम्पत्ति गुणस्तर समीक्षा(एसेट क्वालिटी रिभ्यु)गर्नुपर्ने र वित्तीय विवरणमा गलत...

प्रभु बैंकको वासलातभित्र के लुकेको छ ? २५ प्रतिशत एनपीएलको दाबीले मच्चायो हलचल
BANKING

प्रभु बैंकको वासलातभित्र के लुकेको छ ? २५ प्रतिशत एनपीएलको दाबीले मच्चायो हलचल

काठमाण्डौ । अधिकांश वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्दा प्रभु बैंक लिमिटेडको विवरण भने अझै बाहिर आउन सकेको छैन। बैंकको आधिकारिक वेबसाइटमा समेत शुक्रबारसम्म सो आर्थिक वर्षका पहिलो, दोस्रो र तेस्रो त्रैमासका विवरण मात्र उपलब्ध छन्। चौथो त्रैमासको विवरणमा भइरहेको ढिलाइसँगै बैंकको खराब कर्जा, सम्पत्तिको गुणस्तर र...

प्रभू बैंकमा सेञ्चुरीबाट आएका कर्मचारीमाथि हदैसम्मको विभेदः एउटै पदमा दुई थरि तलब, वर्षमै ९२ हजार घाटा !
BANKING

प्रभू बैंकमा सेञ्चुरीबाट आएका कर्मचारीमाथि हदैसम्मको विभेदः एउटै पदमा दुई थरि तलब, वर्षमै ९२ हजार घाटा !

काठमाण्डौ । कानुनी रूपमा बैंक एउटै छ। पद र जिम्मेवारी पनि उस्तै छन्। तर कर्मचारीले पाउने तलब, भत्ता र सुविधा भने उनीहरू कुन बैंकबाट आएका हुन् भन्ने आधारमा फरक देखिएको छ।तत्कालीन सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको साढे तीन वर्ष बितिसक्दा पनि प्रभु बैंकभित्र दुई फरक पारिश्रमिक तथा सेवासुविधा प्रणाली कायम रहेको विवरण फेला परेको छ। उपलब्ध तुलनात्मक विवरणअनुसार...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
BANKING

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.