शुक्रबार, आश्विन २३,२०८३ 09:07:53
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 09:07:53
Bizshala
Global IME Bank Limited

ट्रम्पले भने– इरानसँगको वार्ता सकारात्मक, मध्यावधि निर्वाचन अघि आक्रमण गर्दैनौँ

Bizshala
ट्रम्पले भने– इरानसँगको वार्ता सकारात्मक, मध्यावधि निर्वाचन अघि आक्रमण गर्दैनौँ
New Office

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले आगामी नोभेम्बर ३ मा अमेरिकामा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि समयमा आक्रमण नगर्ने बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्दै इरान आर्थिक र सैन्य दुवै मोर्चामा अत्यन्तै कमजोर अवस्थामा रहेको दाबी गरेका छन्। यद्यपि, इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा कायम रहने उनले बताएका छन्।

होर्मुज जलडमरूमध्यबाट कीर्तिमानी परिमाणमा तेल पार भइरहेको उल्लेख गर्दै ट्रम्पले एक रातमा मात्रै २ करोड २० लाख ब्यारेल तेल त्यहाँबाट पार भएको दाबी गरेका छन्। उक्त तेलमध्ये एक ब्यारेल पनि इरानबाट आएको वा इरानतर्फ गएको नभएको उनको भनाइ छ।

ट्रम्पले इरानसँग परमाणु हतियार नहुने पनि बताएका छन्। यसै वर्ष फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँग मिलेर ‘अपरेसन फ्युरी’ अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.