काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने तथा आवश्यक शैक्षिक सामग्रीको पहुँच सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी र पेन्सिल वितरण गरेको हो।
कम्पनीले उपलब्ध गराएको सामग्रीले विद्यार्थीको अध्ययन तथा शैक्षिक गतिविधिमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सामग्री वितरण कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नरेशकुमार थापा, साँखु उपशाखा प्रमुख रोजिना मानन्धरसहित कम्पनीका कर्मचारी तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।