शुक्रबार, बैशाख ४,२०८३ 09:45:45
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 09:45:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल मर्चेण्ट बैंकिङमा डिम्याट खाता भएकाले स्काईवाक टावरमा विशेष छुट पाउने

Bizshala
नेपाल मर्चेण्ट बैंकिङमा डिम्याट खाता भएकाले स्काईवाक टावरमा विशेष छुट पाउने
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  

सहमतिपत्रमा वोन्डर्स नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लेखनाथमार्ग ठमेल, काठमाण्डौमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ताहरुले स्काई वाकको टिकट खरीदमा १ देखि ५ जना सम्मको लागि १५ प्रतिशत र ५ जनाभन्दा बढीको टिकट खरीदमा २० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । साथै, वण्डर नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाई हासिल हुने अपेक्षा राखे ।  

समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.