नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६ औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्ति÷मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरेको हो । सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्षपदमा सर्वसम्मतिबाट चयन गरेको छ ।