बुधबार, श्रावण १३,२०८३ 11:02:04
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:02:04
Bizshala
Global IME Bank Limited

एसईईमा सहभागी विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट
New Office

काठमाण्डौ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न छुट योजना सार्वजनिक गरेको छ ।  

कम्पनीले यही आगामी जेष्ठ मसान्तसम्मका लागि निम्न बमोजिमका बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।  

बम्पर छुट सहितका योजनाहरुः

योजना छुट सहितको शुल्क सामान्य शुल्क छुट (प्रतिशत):

नि:शुल्क डिम्याट र १ वर्ष डिम्याट तथा मेरो  सेयरको नविकरण– रु. १०० छुट (५०%)

नि:शुल्क डिम्याट खाता खोली आजिवन नविकरण – रु.१४९९ छुट (८०.१४%)

नि:शुल्क डिम्याट खाताखोलीआजिवन डिम्याट तथा मेरो सेयर नविकरण– रु.१९९९ छुट( ८२.३१%)

यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुकता ल्याउने विश्वास कम्पनीले लिएको जनाएको छ । उल्लेखित छुटसहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ  ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.