आईतवार, मंसिर १३,२०८३ 04:45:49
  • आईतवार, मंसिर १३,२०८३ 04:45:49
Global IME Bank Limited

पाँच वर्षमा एक लाख युवालाई स्वदेशमै रोजगारी दिने सरकारको लक्ष्य, बिनाधितो कर्जासहित नयाँ कार्यक्रम आउँदै

Bizshala
पाँच वर्षमा एक लाख युवालाई स्वदेशमै रोजगारी दिने सरकारको लक्ष्य, बिनाधितो कर्जासहित नयाँ कार्यक्रम आउँदै
New Office

काठमाण्डौ । सरकारले आगामी पाँच वर्षभित्र एक लाख युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यसहित नयाँ नीति तथा कार्यक्रम अघि बढाएको छ।

राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालमै पहिलोपटक निर्माण भइरहेको ‘केयर इकोनोमी पोलिसी’मार्फत पाँच वर्षमा एक लाख युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताएका हुन्।

उनले युवालाई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर उपलब्ध गराउन बिनाधितो कर्जा, व्यावसायिक मार्गदर्शन तथा डिजिटल रोजगारी प्लेटफर्मलगायतका कार्यक्रम अघि बढाइएको जानकारी दिए।

मन्त्री यादवका अनुसार युवा स्वरोजगार कोषमार्फत बिनाधितो कर्जा उपलब्ध गराउने योजनासँगै व्यवसायसम्बन्धी नयाँ सोच विकास र मार्गदर्शन प्रदान गर्ने ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ तथा ‘उद्यम बनाऊ उद्यम बढाऊ’ जस्ता कार्यक्रम आगामी महिनादेखि ल्याउने तयारी छ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र अनुभवलाई स्वदेशको रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्न ‘रिटर्नी कनेक्ट’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइने भएको छ।

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

देशभित्रै प्लेटफर्ममा आधारित अर्थतन्त्र विस्तार गर्ने उद्देश्यले ‘श्रम सेवा’ नामक अर्को डिजिटल प्लेटफर्मसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री यादवले बताए।

उनले श्रम तथा रोजगारी क्षेत्रमा वर्षौँदेखि कायम बेथिति अन्त्य गर्न विद्यमान नीति, ऐन तथा नियमावलीमा समयानुकूल सुधार भइरहेको दाबी गरे।

उनका अनुसार नेपालमा पहिलोपटक निर्माण भइरहेको राष्ट्रिय रोजगार ऐनमा सामाजिक उद्यमशीलतालाई समेत समेट्ने तयारी गरिएको छ। त्यस्तै, १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन अघि बढाइएको छ।

संघीयता कार्यान्वयनपछि पहिलोपटक राष्ट्रिय युवा ऐन संशोधन गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए। संशोधनमार्फत राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा ३५ वर्षमुनिका युवालाई नियुक्त गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

मन्त्री यादवले युवा नीति निर्माण र कार्यान्वयनमा युवाकै अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सम्मेलनपछि तयार हुने ‘काठमाडौँ घोषणापत्र’लाई सरकारले महत्त्व दिने उल्लेख गर्दै उनले त्यसमा समेटिने सुझावहरू मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।

‘सम्मेलनपश्चात् तयार हुने काठमाडौँ घोषणापत्रका सुझावहरूलाई मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको छ,’ मन्त्री यादवले भने।

दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय युवा सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल गभर्नेन्स, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता तथा नागरिक सहभागितालगायतका विषयमा छलफल हुने जनाइएको छ।

सरकारले घोषणा गरेका रोजगारी सिर्जना, बिनाधितो कर्जा तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके वैदेशिक रोजगारीमा निर्भर युवालाई स्वदेशमै आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पूरा गर्न आवश्यक बजेट, कार्यान्वयन संयन्त्र, लक्षित क्षेत्र तथा कार्यक्रमको प्रभावकारिता महत्त्वपूर्ण हुने देखिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.