बुधबार, श्रावण २०,२०८३ 10:06:35
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:06:35
Bizshala
Global IME Bank Limited

नेशनल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था

नेशनल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था
New Office

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  

कम्पनीले जेठ १० गतेदेखि असार १५ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जनाएको छ ।

विस २०७७ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत, २०७४ चैत २ गतेदेखि २०७७ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ६० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।  

एकपटक विलम्ब शुल्कमा छुट लिईसकेका बीमितहरुलाई पुरा बीमा आवधिभर पुनःछुट नदिइने कम्पनीले जनाएको छ ।  पुर्नजागरण मितिले २ वर्षभित्र समाप्ती हुने बीमालेखहरुको हकमा विलम्ब शुल्क छुटको सुविधा नपाउने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.