काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कालिका पावर कम्पनी लिमिटेड र रसुवागढी हाईड्रोपावर कम्पनीको ७६ लाख कित्ता बढी सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कालिका पावरको ७ लाख ९३ हजार ५ सय कित्ता बोनस(१० प्रतिशत) र रसुवागढी हाईड्रोपावरको स्थानियका लागि निष्कासन गरिएको ६८ लाख ४२ हजार १ सय कित्ता अतिरिक्त सेयर गरी कुल ७६ लाख ३५ हजार ६ सय कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै अब बुधबारदेखि दुवै कम्पनीका यी सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछ ।