काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट भाषण २ घण्टालाई सरेको छ ।
कांग्रेसले अवरोध जारी राखेको संसदलाई खुलाउन सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने विषयमा सहमति भई कार्यादेश बनाउन समय लाग्ने भएपछि बजेट पारित गर्न बोलाइएको मन्त्रीपरिषद बैठकसँगै बजेट भाषणको समय पनि २ घण्टा पछि सरेको हो ।
अब नयाँ तालिकाअनुसार मन्त्रीपरिषद बैठक १ बजे बस्नेछ । सो बैठकले अर्थमन्त्रीद्वारा निर्मित बजेट पारित गर्नेछ । त्यसपछि दिउँसो ३ बजे संघीय संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।