सोमबार, कार्तिक ९,२०८३ 02:48:49
  • सोमबार, कार्तिक ९,२०८३ 02:48:49
Global IME Bank Limited

कतार एयरवेज विश्वकै सर्वोत्कृष्ट हवाई कम्पनी बन्न सफल, टप टेनमा कुन–कुन परे ?

Bizshala
कतार एयरवेज विश्वकै सर्वोत्कृष्ट हवाई कम्पनी बन्न सफल, टप टेनमा कुन–कुन परे ?
New Office

काठमाण्डौ । कतार एयरवेज सन् २०२४ को सर्वोत्कृष्ट हवाई कम्पनी बन्न सफल भएको छ । अष्टे«लियन रेटिङ एजेन्सी ‘एयरलाइन रेटिङ डट कमले सार्वजनिक गरेको यस वर्षका लागि विश्वका उत्कृष्ट हवाई कम्पनीको सूचीको पहिलो स्थानमा कतार एयरवेज पर्न सफल भएको हो ।  

सन् २०२३ मा यो उपाधि न्यूजिल्याण्डको ‘एयर न्यूजिल्याण्ड’लाई सुम्पिएको कतार एयरवेज् यस वर्ष भने उपाधि पुनःआफ्नो पोल्टामा पार्न सफल भएको छ । एयरलाइन्स रेटिङ डट कमले विभिन्न १२ वटा मापदण्डका आधारमा विश्वको सर्वोत्कृष्ट हवाई कम्पनीको सूचीमा सार्वजनिक गरेको जनाएको छ । जसमा सुरक्षा र प्रडक्ट रेटिङ,विमानको वर्ष,नाफा,गम्भिर दुर्घटना, नव प्रवर्तन र यात्रुको रिभ्यु जस्ता मापदण्ड समावेश गरिएको थियो ।  

यो सूची एयरलाइन रेटिङ डटकमका प्रमुख जियोफ्रे थोमसको नेतृत्वमा ५ सदस्यीय निर्णायक मण्डलले तयार गरेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कतार एयरवेज विभिन्न मापदण्डमा शीर्ष स्थानमा रहेका कारण शीर्ष स्थानमा पर्न सफल भएको जियोफ्रे थोमसले बताएका छन् । यात्रुहरुको रिभ्युमा भने कम्पनीले अन्य कम्पनीलाई निकै पछि पारेको उनले बताए ।  

यस्तै कोरियन एयर विश्वको दोस्रो उत्कृष्ट हवाई कम्पनी बन्न सफल भएको छ । त्यस्तै क्याथे प्यासेफिक तेस्रो,एयर न्यूजिल्याण्ड चौथो इमिरेट्स पाचौं, एयर फ्रान्स छैठौँ, अल निप्पोन एयरवेज् सातौं,ईथिहाड एयरवेज् आठौं क्वानटास नवौं र भर्जिन अष्ट्रेलिया दशौं स्थानमा पर्न सफल भएका छन् ।  

यस्तै वेष्ट फर्स्ट क्लासको उपाधि सिंगापुर एयरलाइन्सले,वेष्ट विजनेश क्लासको उपाधि कतार एयरवेजले,वेष्ट प्रिमियम इकोनोमी इमिरेट्सले र एयर न्यूजिल्याण्ले वेष्ट इकोनोमी क्लासको उपाधि हासिल गरेका छन् । -एजेन्सी 

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.