काठमाण्डौ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।
यसअघि बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएपछि बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकको पद रिक्त रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।