आईतवार, भाद्र २३,२०८१ 08:49:04
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:49:04
IME remit
Global IME Bank Limited

नेपाल र म्यानमारबीच व्यापार सम्बन्ध र सफ्टवेयर व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न

Hyundai Nepal
नेपाल र म्यानमारबीच व्यापार सम्बन्ध र सफ्टवेयर व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाली राजदूतावास, याङ्गुनले …Nepal-Myanmar Trade Relations: Promoting Software Business' कार्यक्रमको आयोजना गरेको छ । ३१ मे गते याङ्गुनको चाट्रियम होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको उदेश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गरी नेपाल र म्यान्मारका आइटी सेक्टरका सरोकारवालाहरूबीच सम्बन्ध स्थापना गर्नु रहेको छ ।

 एक दिने उक्त कार्यक्रमको पहिलो भागमा (बिहान १० बजेदेखि १२ बजेसम्म) माम्यान्मारका लागि नेपाली  राजदूत, याङ्गुन क्षेत्रका मुख्यमन्त्री, म्यानमार फेडेरेसन अफकमर्स एण्ड इन्डस्ट्रीसंघका अध्यक्षको मन्तव्य समावेश गरिएको थियो । म्यानमारका केन्द्रीय बैंकका उप–गभर्नर, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए) द्वारा म्यानमारको डिजिटल सेवाहरू र सूचना प्रविधिबारे प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्धारा नेपालको सूचना प्रविधि क्षेत्रमा हाल भएको विकासबारे प्रकाश पार्दै, नेपाली आईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण तथा कार्यक्रममा सहभागी नेपाली आईटी कम्पनीहरूको संक्षिप्त परिचय तथा उक्त कम्पनीहरुले प्रदान गर्ने सेवाहरुको विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो भाग (दिउँसो (१२ः३०–४ः३० बजेसम्म) मा सहभागि आईटी कम्पनीहरूले आफ्नो स्टल÷बुथहरुमा आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शन तथा बुथ भ्रमण गर्ने व्यक्तिहरुसँगको अन्तरक्रिया समावेश गरिएको थियो ।

म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले आफ्नो मन्तव्यमा पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराएका थिए । नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिक रूपमा विकसित तथा पूर्ण रुपमा भरपर्दो रहेको उल्लेख गरे । राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात ५०० मिलियन डलरबाट २५ बिलियन पुर्याउनुका साथै १५ लाख  रोजगारी सृजना गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, नेपाल–म्यानमार व्यापारलाई पारस्परिक लाभका लागि पूरक बनाउन एक–अर्काको आईटी र फिनटेक उत्पादन तथा सेवाहरू, उद्यमीहरूको सञ्जाल बढाउन र अत्यावश्यक सेवाहरू प्रदान गरी यस क्षेत्रलाई अझ मजबुत बनाउन जरुरी रहेको उनले बताए ।

त्यस्तै, याङ्गुन क्षेत्रका मुख्यमन्त्री महामहिम युसोई थिनले यस आधुनिक डिजिटल संसारमा यस कार्यक्रमको सान्दर्भिकतामा जोड दिँदै दूतावास टोलीलाई पहलका लागि बधाई दिए । सहभागी नेपाली आईटी कम्पनीहरुलाई म्यानमारमा स्वागत गर्दै उनले दुई देशकाआईटी क्षेत्रहरु बीचको सहकार्यलाई सहजबनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख वक्ता तथा प्रमुख अतिथि म्यानमार केन्द्रिय बैंकका उप–गभर्नर डा.लिन उङले नेपाली आईटी कम्पनीहरु द्वारा प्रदर्शन गरिएको कोर बैंकिङ सफ्टवेयर, वालेट, कम्प्लायन्स सोलुसन, केवाईसी व्यवस्थापन, रेमिटेन्स सफ्टवेयर, पेइङ रिसिभिङ एपीआई सफ्टवेयर, माइक्रो फाइनान्स संस्था र सहकारीले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल बैंकिङ सफ्टवेयर बारेमा गहिरो चासो लिएका थिए ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X