मंगलवार, श्रावण २६,२०८३ 08:21:59
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:21:59
Bizshala
Global IME Bank Limited

ग्रोथसहित गरिमा बैंक नाफामा अग्रस्थानमा, मुक्तिनाथ र साइन रेसुंगा क्रमशः दोश्रो र तेश्रो स्थानमा

Prabhu Bank Limited
ग्रोथसहित गरिमा बैंक नाफामा अग्रस्थानमा, मुक्तिनाथ र साइन रेसुंगा क्रमशः दोश्रो र तेश्रो स्थानमा
New Office

काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ४५.२० प्रतिशतले घट्न पुगेको छ ।  

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ कुल नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४५.२० प्रतिशत कम हो ।  

गत आवको सोही अवधिसम्म विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका थिए । 

विकास बैंकहरुको रिर्पोटमा जेनजी आन्दोलन र त्यसपछि सुस्त बनेको आर्थिक क्रियाकलापको सोझो प्रभाव देखिएको छ । जेनजी आन्दोलनले क्षति पुर्याएपछि र लगत्तै दशैंतिहारको लामो विदाले ऋण असुली प्रभावित हुँदा बैंकहरुको नाफामा संकुचन देखिएको हो ।  

८ विकास बैंकमध्ये लुम्बिनी विकास बैंकले सो अवधिसम्म ३४ करोड ८५ लाख रुपैयाँ घाटा ब्यहोर्दा विकास बैंकहरुको समग्र नाफा घट्न पुगेको देखिन्छ ।  

यसबाहेक गत वर्षको तुलनामा ७ बैंकमध्ये तीनको नाफा ह्वात्तै घटेकाले समग्र नाफा प्रभावित हुन पुगेको हो ।  

पहिलो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्म २५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ११.१२ प्रतिशत बढी हो ।  

त्यस्तै, मुक्तिनाथ विकास बैंकले सो अवधिसम्म २२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २०.२४ प्रतिशत कम हो ।  

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ३० लाख, कामना सेवा विकास बैंकले १९ करोड ७५ लाख, महालक्ष्मी विकास बैंकले ९ करोड ७५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ८ करोड ८२ लाख र ज्योति विकास बैंकले ७ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

गत आवको सोही अवधिको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकको नाफा ४६.५८ प्रतिशतले बढेको छ ।  

इपीएस कुनको कति ?  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ७ वटाको इपीएस धनात्मक रहेको छ भने लुम्बिनी विकास बैंकको इपीएस ९.६२ रुपैयाँ ऋणात्मक छ । साथै तीन बैंकको इपीएस गत आवको तुलनामा घटेको छ भने चार बैंकको बढेको छ । 

सबैभन्दा धेरै इपीएस कामना सेवा विकास बैंकको २०.४६ रुपैयाँ छ भने सबैभन्दा थोरै ज्योति विकास बैंकको ६.४० रुपैयाँ रहेको छ ।  

एनपीएल सबैको बढ्यो  

राष्ट्रिय स्तरका विकास बैंकहरु सबैको निस्क्रिय कर्जा अनुपात (एनपीएल)बढेको छ ।  

जेनजी आन्दोलनको प्रभावले ऋणिले पैसा तिर्न नसकेपछि बैंकहरुको खराब कर्जा बढ्न पुगेको छ । सबैभन्दा धेरै एनपीएल लुम्बिनी विकास बैंकको ७.७८ प्रतिशत रहेको छ ।  

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको एनपीएल पनि ५ प्रतिशतभन्दा माथि रहेको छ ।  

दुई बैंकको लाभांश क्षमता ऋणात्मक

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार दुई विकास बैंकको वितणयोग्य मुनाफा ऋणात्मक देखिएको छ । बैंकहरुले विवरणमा खुद मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफा भनेर छुट्याएका हुन्छन् ।  

रिपोर्टअनुसार ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकको वितरणयोग्य मुनाफा वा लाभांश क्षमता ऋणात्मक देखिएको छ । यी बैंकहरुले चौथो त्रैमासिकसम्म पनि वित्तीय विवरणमा केही सुधार गरेमा मात्रै लगानीकर्ताहरुले लाभांश पाउने सक्ने सम्भावना रहन्छ ।  

सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको १४.३८ प्रतिशत रहेको छ । सो अवधिसम्म बैंकले १ अर्ब २२ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X