बिहीबार, श्रावण २१,२०८३ 04:00:24
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 04:00:24
Bizshala
Global IME Bank Limited

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु आज

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु आज
New Office

काठमाण्डौ । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु आज हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले संखुवासभा जिल्लामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न लागेका हुन् ।  

अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने ११.८३७ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु गरिन लागेको हो ।  

करिब ७० प्रतिशत काम सम्पन्न भएको यो आयोजनाको ब्रेक थ्रु प्रधानमन्त्री दाहालले एक समारोहबीच गर्नेछन् । साथै प्रधानमन्त्रीले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको अनुगमन समेत गर्ने कार्यक्रम रहेको छ ।  

यो आयोजनाको निर्माण कार्य अबको एक वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ । यो परियोजना अनुमानित लागत करिब १ खर्ब ४ अर्ब रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.