काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आगामी असार २७ गते समाप्त हुने भएको छ। संस्थाले एक सूचना जारी गर्दै आगामी असार २७ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ असार २८ गते बाँडफाँड गरिएको थियो ।
लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ ।
धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।