शनिबार, असार १४,२०८२ 07:31:52
  • शनिबार, असार १४,२०८२ 07:31:52
Global IME Bank Limited

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असार ३० गते आइतबारका दिन सर्लाही मलंगवामा रहेको जानकी फ्यामिली होटल एण्ड पार्टी प्यालेसमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को  वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार २० गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.