बुधबार, माघ २३,२०८१ 09:44:56
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:44:56
IME remit
Global IME Bank Limited

भरतपुरको नीति तथा कार्यक्रम: एक घर दुई रुख अनिवार्य

Hyundai Nepal
भरतपुरको नीति तथा कार्यक्रम: एक घर दुई रुख अनिवार्य
Nabil Bank Limited

काठमाण्डौ । भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । पन्ध्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो। महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने जनाईएको छ ।  

यस्तै, एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने छ । ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ शहर’ अवधारणालाई अगाडि बढाई सडक, मिडियन गार्डेन, सडक आइल्याण्ड, पार्क, मनोरन्जन स्थल र खाली स्थान एवं चोकहरूमा हरियाली वातावरण सृजना गरी मनमोहक र वातावरण मैत्री महानगर बनाउन एक परियोजनाको रुपमा हरियाली प्रवर्धन कार्यक्रमको थालनी गरिनेछ । गोन्द्राङ–पुल्चोक सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्धन गर्न ठुला हुर्किएका रुख रोपण र संरक्षण गरिनेछ ।

Bizshala
CG Motors
Sagarmatha Cement

“वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि सबै सँगसँगै” को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवर्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ ।

वातावरणीय सन्तुलन कायम गर्न टेवा पु¥याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.