आईतवार, भाद्र २३,२०८१ 06:06:33
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:06:33
IME remit
Global IME Bank Limited

कसरी गर्ने व्यक्तिगत वित्तीय व्यवस्थापन ? पैसासँग सम्बन्धित यी खराब बानी त्यागे सजिलै हुनसक्छ सपना साकार

Hyundai Nepal
कसरी गर्ने व्यक्तिगत वित्तीय व्यवस्थापन ? पैसासँग सम्बन्धित यी खराब बानी त्यागे सजिलै हुनसक्छ सपना साकार
Nabil Bank Limited

काठमाण्डौ । आफूसँग टन्न पैसा होस्, एउटा घर अनि गाडी होस् भन्ने चाहना सबैको हुन्छ । तर, आम मानिसका लागि यी चाहना पूरा गर्न कडा मेहनत र राम्रो वित्तीय योजना आवश्यक पर्छ । मानिसहरुको वित्तीय आनीबानीले समेत उनीहरुको इच्छा आकांक्षालाई प्रभावित पारिरहेको हुन्छ । राम्रो आम्दानी गरिरहेका व्यक्तिहरुले पनि आफ्ना सपनाहरु पुरा गर्न नसकिरहेको गुनासो गरिरहेका हुन्छन् ।  

तर केहि व्यक्तिहरुले भने ठिक्कको आम्दानीबाटै भएपनि आफ्ना सपनाहरुलाई मूर्तरुप दिईरहेका हुन्छन् । यस्तो हुनुको मुख्य कारण भनेको उपयुक्त व्यक्तिगत वित्तीय व्यवस्थापन हो । हामीले दैनिक रुपमा अपनाइरहेका वित्तीय बानी व्यहोराले हाम्रो आवश्कता र सहज जीवनयापनको आकांक्षालाई प्रभाव पारिरहेको हुन्छ ।  आफूले सोचे अनुरुपको जीवन जिउनका लागि पैसासँग जोडिएका खराब बानी पनि त्याग्न एकदमै आवश्यक हुन्छ ।  

हामी थाहा हुँदैन कि पैसासँग जोडिएका खराब बानीले हामीलाई धन आर्जन गर्न रोकिरहेको हुन्छ। त्यसैले यहाँ हामी पैसासँग जोडिएका केही खराब बानीको चर्चा गर्न गइरहेको छ। जसलाई छोड्न सकिए आफ्नो चाहना सहजै पूरा गर्न सकिन्छ।  

१. पहिला खर्च र पछि बचत

बचत, व्यक्तिगत वित्तीय व्यवस्थापनको पहिलो र सबेभन्दा महत्वपूर्ण पाटो हो । सामान्य रुपमा आम्दानीको २०–३० प्रतिशत बचत गर्नु उपयुक्त हुन्छ। निश्चित रकम बचत गरेपछि मात्रै त्र खर्चको खाका तयार गर्नुपर्छ  यसले दीर्घकालमा फाइदा हुन्छ। बचतले सेवानिवृत्तपछिको अवस्था, छोराछोरीको भविष्य र भविष्यमा आईपर्ने अन्य भवितव्यका लागि बचत आवश्यक पर्न सक्छ । त्यसैले जागिरको सुरुवातबाट नै बचतको बानी बसाल्नुपर्छ । तर, कतिपयले पहिला खर्च गर्ने र पैसा बच्यो भने मात्रै बचत गर्ने गर्छन । जुन उचित होइन।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२. आकस्मिक फन्ड

कुनै पनि समस्या वा दुर्घटना हुँदैछ भने हामीलाई यसबारे पहिले नै जानकारी हुँदैन। त्यसैले त्यस्ता सम्भावित समस्या वा घटनालाई लड्न हामीले पहिलेदेखि नै आकस्मिक फन्ड तयार गर्नुपर्छ। यस्तो फन्डका लागि आफ्नो आम्दानीको २०–३० प्रतिशत छुट्याएर जम्मा गर्नुपर्छ। यसो गर्दा ठूलो समस्याको बेला आर्थिक भार पर्दैन र ऋण लिनुपर्ने जस्ता आर्थिक झन्झटबाट बचाउछ ।  

तर, कतिपयले यस्ता फन्ड तयार गरेका हुँदैन र पछि समस्या पर्दा वा कुनै दुर्घटना हुँदै अरुसँग हात फैलाउनुपर्ने वा ऋण लिनुपर्ने अवस्था सिर्जना हुन्छ। यसले ऋणको बोझ मात्रै बढाउँछ ।  

३. मासिक बिल भुक्तानीमा ढिलाइ

पानी, बिजुली वा क्रेडिट कार्डको बिल समयमै भुक्तानी गर्नु बुद्धिमानी हुन्छ। यदि समयमै यी अत्यावश्यक बिलहरुको भुक्तानी भयो भने आर्थिक बोझ कम हुँदै जान्छ। यसले बचतमा पनि असर गर्दैन। तर, यस्ता भुक्तानीमा ढिलाइ गरेमा यसले एकातिर जरिवाना बढाइरहेको हुन्छ भने अर्कोतिर बचतमा असर गरिरहेको हुन्छ। जसका कारण भविष्यमा सोचेअनुरुपको धनराशि जम्मा गर्न सकिँदैन। त्यसैले मासिक रुपमा भुक्तानी गर्नुपर्ने बिलहरुको समयमै तिर्दा उचित हुन्छ।

४. फजुल खर्च

फजुल खर्च नियन्त्रण गर्नु पनि व्यक्तिगत वित्तीय व्यवस्थापनको अर्को महत्वपूर्ण विषय हो । फजुल खर्च गर्नु पनि एकप्रकारको लत जस्तै हो । फजुल खर्च गर्ने लत बस्यो भने यसले बचतमा गम्भिर समस्या निम्त्याउन सक्छ । यस्ता फजुल खर्चले हाम्रो आम्दानीसँगै बचतमा प्रभाव पारिरहेका हुन्छन्। जसका कारण भविष्यका लागि राम्रो धनराशि जोड्न सकिदैन। त्यसैले सकभर फजुल खर्च गर्नबाट बच्नुपर्छ। यसो गरिएमा बचत बढ्न गई भविष्यमा आरामदायी जीवनयापन गर्न सकिन्छ।

५. बचतको पैसा त्यत्तिकै राख्नु

बचत मात्रैले पनि सोचे अनुरुपको जीवनयापन गर्नका लगि सहयोग गर्न सक्दैन । । यसका लागि बचत भएको पैसाको सहि ठाउमा लगानी गर्न समेत आवश्यक हुन्छ । कतिपयले बचतको पैसा वर्षौंसम्म बैंकमा जम्मा गरेर राख्छन्। यसरी राखेको पैसाबाट पूँजीवृद्धिमा खासै प्रभाव पर्दैन । त्यसैले उक्त पैसा राम्रो आम्दानी हुने ठाउँमा लगाउने हो भने त्यही बचतको पैसाले भविष्यमा ठूलो धनराशिको आकार लिन सक्छ। तर, अन्य क्षेत्रमा लगाउँदा पैसा डुब्छ कि भन्ने डरले कतिपयले सुरक्षित रुपमा बैंकमै राख्न रुचाउँछन्। जुन उचित होइन। सम्भावित लगानीको क्षेत्रको पहिचान गरि लगानी गरे पूँजीवृद्धि हुन्छ । तर यसका लागि पूर्व तयारी र उक्त क्षेत्रको जोखिमका बारेमा समेत जानकारी लिन आवश्यक हुन्छ ।    

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X