शुक्रबार, श्रावण १,२०८३ 07:36:24
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:36:24
Bizshala
Global IME Bank Limited

भविष्यका लागि कसरी बचत गर्ने पैसा ? यी सूत्र हुन सक्छन् उपयोगी

भविष्यका लागि कसरी बचत गर्ने पैसा ? यी सूत्र हुन सक्छन् उपयोगी
New Office

काठमाण्डौ । धेरै मानिसको एउटा गुनासो हुन्छ–‘म पर्याप्त पैसा कमाउँछु तर बचत गर्नै सक्दिनँ।’

हो, प्रायः जागिरे मानिसको यस्तै गुनासो हुने गरेका छन्। आफूले परिश्रम गरी कमाएको पैसा बचाउन कसलाई चाह हुँदैन र ? तर यसका लागि ठूलै मेहनत, आर्थिक अनुशासन र दृढ प्रतिबद्धता आवश्यकता पर्दछ।  

जीवनमा अन्य आवश्यकता पनि परिपूर्ति गर्नुपर्ने भएकाले कमाइको एउटा ठूलो हिस्सा खर्च गर्नुुपर्ने अवस्था हुन्छ। जसका कारण चाहँदा–चाहँदै पनि कतिले पैसा बचत गर्न सकेका हुँदैनन्।

भविष्यका लागि पैसाको नियमित जोहो गर्न एउटा गतिलो आर्थिक योजाना बनाउनुपर्दछ। जसले गर्दा पैसाको बचत हुनुका साथै खर्च धान्नसमेत मद्दत पुग्ने गर्दछ।  

नियमित रुपमा बचत गर्ने बानी आफैँमा राम्रो कुरा हो। यसले वर्तमान आर्थिक अवस्था सुधार हुने गर्दछ र भविष्यका आवश्यकता परिपूर्ति गर्न सजिलो हुने गर्दछ।  

यहाँ हामी बचत गर्दा हुने केही सामान्य गल्ती र ती गल्तीबाट बच्ने उपायका बारेमा जानकारी गराउँदैछौँ। यी उपाय अपनाउँदा सजिलै पैसा बचाउन बानी विकास गर्न सकिन्छ।

हरेक महिनाको सुरुआतमा निश्चित रकम बचत गरौँ

आफ्नो आम्दानीको सबै रकम बचत गर्नुपर्छ भन्ने छैन। बरु महिनाको सुरुआतमै एउटा निश्चित रकम जम्मा गर्न सकिन्छ। बाँकी रहेको रकमबाट अन्य आवश्यकता खर्च गर्न सकिन्छ। रकम बचत गर्दा जहिले पनि खर्च गरिसकेपछि बाँकी रहेको रकमबाट होइन कि खर्च गर्नुभन्दा अगाडि नै गर्ने बानी बसाल्नुपर्दछ । यो नियम लागू नगरे जोकसैले धेरै नै नोक्सानी व्यहोनुपर्ने हुन सक्छ।  

दैनिकको भागदौडको जिन्दगीबाट अलिकति समय निकालेर कतै फिल्म हेर्न जाने, घुम्न जाने, रेस्टुराँ गएर मनोरञ्जन गर्ने गर्दा यसले खासै असर गर्दैन। तर यस्ता क्रियाकलापमा गर्ने खर्चको मात्रा भने आम्दानीको एउटा सानो भागमात्रै हुनुपर्दछ। यस्ता क्रियाकलापमा कम खर्च गर्न महिनाको सुुरुआतमै पैसा बचत गर्नुपर्दछ र बाँकी रहेको पैसाबाट मनोरञ्जनमा खर्च गर्नुपर्दछ। यसो गर्दा खर्च गर्ने बानीमा अंकुुश लाग्नुका साथै नियमित बचत गर्ने बानीको विकास हुने गर्दछ।  

रियलिस्टिक बचत गर्ने लक्ष्य राखौँ  

रियलिस्टिक लक्ष्य राख्नु आर्थिक अवस्था र जीवनका लागि एकदमै महत्वपूर्ण हुने गर्दछ। वास्तवमा बचत गरेको पैसाले बढ्ने मौका पाउनुपर्दछ । ता कि भविष्यमा आर्थिक स्थायित्वका लागि सम्पत्ति निर्माण गर्न यसले सहयोग मिलोस्। यसका लागि आम्दानी, उमेर, रिक्स प्रोफाइल र आर्थिक लक्ष्यका आधारमा आफ्ना लागि उपयुक्त लगानीका माध्यमहरु छनोट गर्नुपर्दछ। यसका लागि आर्थिक सल्लाहकारको समेत सहयोग लिन सकिन्छ। जोखिम लिन सक्ने क्षमता हेरेर सेयर, म्युचुअल फन्ड र अन्य वित्तीय माध्यममा लगानी गर्न सकिन्छ।  

वस्तु खरिदमा सावधानी अपनाऔँ  

हामीमध्ये कयौँ व्यक्ति छुट पाउने लोभमा बजारमा सेलमा राखिएका वस्तुहरु खरिद गर्ने गर्दछौँ। यस्ता वस्तु छुटको चक्करमा लागेर खरिद गर्नुहुँदैन। सेलमा राखिएका त्यस्ता वस्तुु प्रायः कम गुण्स्तरका पनि हुने गर्दछन्। त्यस्ता वस्तुु खरिद गर्दा क्षणिक रुपमा नाफा भएजस्तो देखिए पनि पछि चाँडै बिग्रने भएकाले थप आर्थिक नोक्सानी व्यहोनुपर्ने हुन सक्छ। वस्तु खरिद गर्दा सकेसम्म आफ्नो आर्थिक हैसियत हेरेरमात्रै गर्नुपर्दछ। अरुबाट सापटी लिएर र आफूलाई आवश्यकै नभएको वस्तु पनि खरिद गर्नुहुँदैन।

यहाँ खर्च नगर्नुु भन्न खोजिएको होइन। आफूलाई मन परेको सामान दिल खोलेर खरिद गरौँ तर खर्च गर्ने बानीमा भने विशेष ध्यान दिनुपर्छ। फजुुल खर्च नियन्त्रण गर्नुपर्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.