आईतवार, भाद्र २३,२०८१ 09:03:47
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:03:47
IME remit
Global IME Bank Limited

जापानमा नेपाली कागजबाट बनेका नयाँ नोटहरु प्रचलनमा आउँदै, जापानी भन्छन्,‘नेपाल नभए जापान चल्दैन’

Hyundai Nepal
जापानमा नेपाली कागजबाट बनेका नयाँ नोटहरु प्रचलनमा आउँदै, जापानी भन्छन्,‘नेपाल नभए जापान चल्दैन’
Nabil Bank Limited

काठमाण्डौ । जापानमा नेपाली कागजबाट बनेको नयाँ नोटहरु प्रचलनमा आउन थालेका छन् । जापानको केन्द्रीय बैंकले नेपाली कागजबाट बनेका चिल्ला नोटहरु एटीएममा लोड गर्न सुरु गरेका छन् ।  

जापानी नागरिकको खल्तीमा पुग्नुअघि येन नोटले महिनौको मिहेनतसहितको लामो र हजारौं किलोमिटरको कठिन थल र हवाई यात्रा तय गरेको छ ।  

जापान, वितेका वर्षहरुमा डिजिटल भुक्तानीतर्फ उन्मुख भएतापनि अmभै पनि जापानमा नगद कारोबारको राज चल्ने गरेको छ । लगभग पूर्ण रुपमा नगदरहित कारोबारमा गएको चीनभन्दा जापान डिजिटल भुक्तानीको विषयमा निकै पछि चलिरहेको छ ।  

‘नगद कारोबार जापानको अर्थतन्चत्रको आधारभूत तत्व भएकाले नेपालले जापानको अर्थतन्त्रलाई सहयोग पुर्याएको छ ,’जापान सरकारका लागि कागज उत्पादन गर्ने कम्पनी,कानपोउका अध्यक्ष ताडासी मास्तुबाराले भने,‘नेपालबिना जापान सञ्चालन हुन सक्दैन ।’

जापान सरकारले लोक्ताबाट बनेको नेपाली कागजबाट नोट बनाईरहेको छ । जापानमा पनि लोक्ताको खेती हुने गरेको तर विगत  केहि वर्षदेखि यसको उत्पादनमा कमी आईरहेको मास्तुबाराले बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जापानका ग्रामिण भेगका मानिसहरु कामको खोजीमा टोकियो जस्ता ठूला शहरहरुमा बसाई सरिरहेकाले ग्रामिण क्षेत्रको उद्योगहरु संकुचित भईरहेको उनले बताए । उनले जापानमा कागज बनाउने काम लाग्ने विरुवाको खेती गर्ने किसानहरुको संख्यामा कमी आईरहेको बताए ।  

यहि कारण नोट बनाउन नेपालबाट कागज आयात भईरहेको उनले बताए । कानपोउ सन् १९९० मा एउटा च्यारिटी कार्यक्रममार्फत पहिलोपटक नेपाल प्रवेश गरेको थियो । त्यस बेला कम्पनीका प्रतिनिधहिरुले नेपालका जंगलहरुमा ठूलो मात्रामा लोक्ताको रुखहरु देखेका थिए । उनीहरुले किसानहरुलाई यसको व्यवसायिक खेती गर्न सिकाउँदै केहि सानो परिमाणमा आयात पनि गरेको थिए ।  

नेपालबाट उत्पादन भएको नेपाली कागज काठमाण्डौबाट भारतको कोलकत्ता बन्दरगाहबाट पानी जहाजबाट जापान पुग्ने गर्छ ।  

जापानमा पुगेपछि कागजको परीक्षणपश्चात कागजलाई थप प्रशोधित गरिन्छ र त्यहाँको नेशनल प्रिन्टिङ ब्युरोले नोटका लागि प्रयोग गर्ने गर्छ ।  

जापानमा नयाँ नोटहरु यो साताबाट बजारमा परिचालन हुँदैछ । नयाँ नोटमा थुप्रै नयाँ फिचर्सहरु थपिएको छ । बैंक अफ जापानले पहिलोपटक नयाँ नोटमा होलोग्राम प्रयोग गर्दैछ । अन्य देशहरुले भने यसअघिनै होलोग्राम प्रयोग गरिसकेका छन् ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X