आईतवार, फाल्गुन ११,२०८१ 02:39:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:39:55
IME remit
Global IME Bank Limited

रिलायन्सको आईपीओ: झूटदेखि लूट बिल्डिङसम्म, मिलेमतोमा हुन लागेको सोझा डूबाउने खेल

Hyundai Nepal
रिलायन्सको आईपीओ: झूटदेखि लूट बिल्डिङसम्म, मिलेमतोमा हुन लागेको सोझा डूबाउने खेल
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स स्पिनिंग मिल्स लिमीटेडले बुक बिल्डिङ विधिबाट ल्याउन लागेको आईपीओको चौतर्फी तीव्र विरोध भइरहेको छ।

कम्पनीले सुरुमा झूठको खेती गर्दै आकर्षक वित्तीय विवरण प्रकाशित गरेको र नेपाल धितोपत्र बोर्डमा आर्थिक प्रभाव पारी आईपीओ निश्कासनको निर्णय गराएपछि अत्यन्त कमजोर वित्तीय विवरण प्रकाशित गरेको छ ।  

अगुवा लगानीकर्ताहरुले यो कम्पनीको आईपीओ लूटको स्क्याम भएको भन्दै यसलाई बहिस्कार गर्नुपर्ने आवाज उठाइरहेका छन् । योसँगै कम्पनीले ८२०.८० रुपैयाँ प्रतिकित्ताको दरले सर्वसाधारणलाई आईपीओ बिक्री गर्न खोजेर खुलेआम लुटको धन्दा मच्चाउने तयारी गरेको र यसमा संस्थागत लगानीकर्ता, धितोपत्र बोर्डका अधिकारी लगायतका मिलेमतो रहेको भन्दै छानबिनको माग समेत गरेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनीहरुले यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायतको ध्यानाकर्षण गराएका छन् ।  

कतिपयले भने सबै सम्बद्ध निकायको मिलेमतोमा जनतामा लुट मच्चाउन आईपीओ निश्कासन गर्न लागिएको र यो आईपीओ निश्कासनको स्वीकृतिमा अर्थमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मका अधिकारीहरुको समेत चलखेल रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन् ।  

विवादास्पद व्यवसायी पवन गोल्यान र अर्का व्यवसायी शशिकान्त अग्रवाल तथा उनीहरुका परिवारका सदस्यहरुको लगानी गरेको यो कम्पनीले हिजो मात्र चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो । जसमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ९७.१७ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म ५४.३४ रुपैयाँ रहेको कम्पनीको ईपीएस चालु आवको तेस्रो त्रैमाससम्म २.०८ रुपैयाँमा सीमित बनेको छ ।  यसको अर्थ ८२० रुपैयाँ ८० पैसा तिरेर एक कित्ता शेयर खरीद गर्ने सर्वसाधारणले लाभांशका रूपमा जम्मा २ रुपैयाँ ८ पैसा मात्रै पाउँछन्।

रिलायन्सको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको दायीत्व मात्रै ७ अर्ब २१ करोड बढी छ । यस्तो दायीत्व ८० असारसम्म ७ अर्ब २५ करोडमा सीमित थियो ।  आर्थिक वर्ष ०७८–७९ मा त कम्पनीको कुल दायीत्व ३ अर्ब ९९ करोड मात्र थियो ।  यसरी दायीत्व बढिरहे पनि आम्दानी भने लगातार घटिरहेको देखिन्छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म त यो कम्पनीको नाफामै पहिरो गएको छ । असारसम्म केही आकर्षक देखिएको प्रतिसेयर आम्दानीमा पनि उस्तै अवस्था देखिएको छ ।  

कम्पनीले २०८० चैत मसान्तसम्म २ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसरी ९ महिनाको अवधिमा कम्पनीको मुनाफामा ९७.१३ प्रतिशतको गिरावट आएको छ ।  

कम्पनीको सञ्चालन मुनाफा पनि ६७.७७ प्रतिशतले घट्दै ३९ करोड ९७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब २१ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन असार मसान्तको  तुलनामा ३० प्रतिशतले कम हो । असार मसान्तसम्म कम्पनीले १० अर्ब ५८ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

रिलायन्सले यसअघि प्रकाशित गरेको वित्तीय विवरणमा असार मसान्तसम्म प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा पु-याइने आश्वासन दिएर लगानीकर्तालाई आकर्षित गर्न खोजेको थियो । तर तेश्रो त्रैमाससम्म २.०८  रुपैयाँ मात्र रहेको इपीएस कसरी ३ महिनापछि नै ३३ रुपैयाँ हाराहारी पुग्छ ? भन्ने कुरामै लगानीकर्ताले शंका गरेका छन् । वित्तीय विश्लेषक तथा लगानीकर्ता केशव श्रेष्ठ भन्छन्–‘तेश्रो त्रैमाससम्म इपीएस २ रुपैयाँ हाराहारी मात्र छ । त्यसको तीन महिनापछि नै कसरी इपीएस त्यत्रो पुग्छ ? आम्दानी ह्वात्तै बढ्नसक्ने अवस्था छैन । कि त लागत ह्वात्तै घट्नुपर्यो । यी दुवैका लागि पर्याप्त आधार छैन । यसले त सोझै सर्वसाधारणलाई झुक्याउन खोजेको देखिन्छ ।’  

त्यति मात्र होइन, रिलायन्सले नेपाल विद्युत् प्राधिकरणलाई बुझाउन बाँकी रहेको विद्युत् महसूलको बक्यौता रकम ७३ करोड ४७ लाख रुपैयाँलाई पनि दायित्वका रूपमा तेश्रो त्रैमासको हिसाबमा देखाएको छैन । कम्पनीका सञ्चालकहरु प्राधिकरणलाई यो दायीत्व तिर्नुपर्दैन भन्दै अदालतको साहारामा अटेर गरेर बसेका छन् । तर प्राधिकरणलाई यो पैसा तिर्नुपर्दैन भन्ने न आधार देखिएको छ, न कुनै ग्यारेण्टी नै । प्राधिकरणले यो पैसा उठाउन तागेता गरिरहेको बेला यसलाई हिसाबमा नदेखाई सर्वसाधारणमा भ्रम छर्न खोजिएको छ ।  

विद्यूत महसुल बक्यौतालाई सम्भावित दायीत्वको रुपमा उल्लेख गर्ने हो भने कम्पनीको तेश्रो त्रैमाससम्मको अवस्था नै रहदैन । इपीएस ऋणात्मकमा जान्छ भने नाफाको साटो घाटा हुने देखिन्छ । यो रकमलाई कम्पनीले प्रोभिजन गरेको छैन ।

'झूट, लुट बिल्डिङसम्म पुगेछ'

चर्चित सेयर विश्लेषक तथा लेखक रविन्द्र भट्टराईले रिलायन्स स्पिनिङ सुरुमै नाफा नोक्सान हिसाबमै बेलुन फुलाएर आएको बताएका छन् । ‘सर्वसाधारणलाई सेयर जारी गर्ने बेलामा बेलुन प्याट्यै पड्क्यो । मैले पहिलाबाट भन्दै आएको छु, यो बुक बिल्डिङ मिलेमतो बिल्डिङ हुन्छ । यहाँ त्यही भयो । धितोपत्र बोर्ड, कम्पनी, बिक्री प्रबन्धक र बुक बिल्डिङमा सहभागी संस्थागत लगानीकर्ताको मिलेमतो राम्रै हुन्छ । रिलायन्समा त झुट, लुट बिल्डिङसम्म पुगिसकेछ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सत्ता हल्लाउने ताकत किन रहन्छ भन्ने सबैले बुझिसके अब । यहाँ अर्ब हैन खर्बको कुरा छ । कसो कसो गरेर सर्वसाधारणबाट पैसा उठाएपछि खेला खत्तम ।’-उनले भनेका छन् ।  

उनले रिलायन्सको आईपीओको प्रसंग उठाइरहँदा ज्योति स्पिनिङ मिल्सको विषय पनि उठाएका छन् । ‘ज्योतिको अंकित मूल्य रु १०० भएको कम्पनी नेप्सेको तथ्यांक अनुसार पछिल्लो बजार मूल्य प्रतिसेयर रु २७ देखिन्छ। यसले २०६५ सालमा नै विघटनमा लाने प्रस्ताव साधारणसभामा पेस गरेको रहेछ । किन अझै पनि सूचिकृत कम्पनीमा देखिन्छ, यसको जानकारी मलाई भएन । तर यो पनि निकै ठूलै व्यवसायिक घरानाले चलाएको कम्पनी हो । खोइ हालत किन खराब भो कुन्नि ।’-उनले थपेका छन् ।  

सेयर बजारका जानकार समेत रहेका भट्टराईले कुनै हिम्मतिलो कानून व्यवसायी भए रिलायन्सको बद्मासीविरुद्ध सर्वोच्चसम्म पुग्न सुझाएका छन् । अगाडि लेखेका छन्–‘गत आर्थिक बर्ष ५४ रुपैया प्रतिसेयर आम्दानी देखाएर बुक बिल्डिङमा आएको रिलायन्स स्पिनिङ मिल्सले चालु आवको ९ महिनामा प्रतिसेयर २ रुपैयाँ नाफा कमाएको नाफा नोक्सान हिसाब सार्वजनिक गरेछ । यदि कोही हिम्मतिलो कानुन व्यवसायी भए यसविरुद्ध सर्बोच्च अदालत गएर कानुनी ताकत देखाउँथे, तर नेपालमा वकिलहरुमा कम्पनीविरुद्ध त्यसरी लड्ने त्यस्तो अभ्यास नै देखिदैन ।’  

भट्टराईको स्टाटसमा कमेन्ट गर्दै सेयर बजारका अगुवा लगानीकर्ता केशव कोइरालाले भनेका छन्यो-' लुटधन्दामा सबै तै चूप, मै चूप ।'  

पदमराज पौडेलले कमेन्टमा लेखेका छन् -'जूवाखानामा अर्को जूवा थपिने भएछ ।'  

अर्जुन ज्ञवालीले लेखेका छन्-'बिजुलको बिल नतिरी आईपीओ ल्याउन दिनुहुँदैन थियो ।'  

कार्की लोकेन्द्रले लेखेका छन्- 'यिनका विरुद्ध आवाज उठाउन जरुरी भइसक्यो । नत्र भोलिका दिनमा योभन्दा पनि खराब बित्तीय अवस्था भएका कम्पनीहरु आउनेछन् र तिनीहरुले हामी लगानीकर्ताको सम्पत्ति यसरी नै सेटिंग मिलाएर लुट्नेछन् ।'  

मीना पाण्डे भण्डारीले लेख्छिन्-'यसको आईपीओ सबैले बहिस्कार गरौं ।'  

सेयर बजारसँग सम्बन्धित धेरै सदस्यहरु रहेका सामाजिक सञ्जालका ग्रुपहरुमा समेत रिलायन्सले आईपीओ निश्कासनको नाममा जनता लुट्न खोजेको भन्दै बहिस्कार अभियान चलाइएको छ ।  

बिजशालामा प्रकाशित रिलायन्स स्पिनिंग मिल्सको लूटधन्दा सम्बन्धी समाचारमा कमेन्ट गर्दै हरेराम राउत क्षेत्रीले लेखेका छन् -'घाटामा जान लागेको,डुब्न लागेको कवाडीमा जान लागेको कम्पनी, त्यो पनि महंगो प्रिमियममा ?'

लगानीकर्ता सुरज खड्काले लेखेका छन् -'चोर फटाहा भ्रस्टाचारीले चलाएको देश हो यो । यहाँ सबै बिकाऊ छन् । यो देशका जनता हरेक कुरामा लुटिइरहेका छन् । खबरदार, यसको परिणाम भयावह हुनेछ । यस्ता झूठो रिपोर्ट देखाएर आईपीओ जारी गर्ने कम्पनी र निकायले यसको सजाय अवश्य भोग्नेछन् ।'

सम्बन्धित समाचारहरु:

रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणप्रति आशंका, धितोपत्र बोर्डले काम्लो ओेढेर घिउ खाएको आरोप

संस्थागत लगानीकर्तादेखि सेबोनसम्म बिके, करोडौं दायीत्व लुकाएर सर्वसाधारणलाई झुक्याउने रिलायन्सको खेल

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.