बुधबार, श्रावण २७,२०८३ 07:18:39
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:18:39
Bizshala
Global IME Bank Limited

अरुण चौधरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Prabhu Bank Limited
अरुण चौधरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
New Office

काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनीभन्दा बढी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी तथा उद्योगपति अरुण चौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।  

बिहीबार पक्राउपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला सरकारी वकिल कार्यालय हुँदै चौधरीलाई समेत अदालतमा उपस्थित गराएको थियो । चौधरीलाई ४ दिन थप हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सीआईबीलाई अनुमति दिएको हो । 

सो प्रकरणमा आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुर र तत्कालीन सञ्चालक समितिका अध्यक्ष अजितनारायणसिंह थापालाई प्रहरीले पक्राउ गरेको थियो ।  

चौधरीलाई बिहीबार लैनचौरबाट र थापालाई बत्तीसपुतलीबाट सीआईबीले पक्राउ गरेको थियो ।  

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिसँगको मिलेमतोमा अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका प्रहरीको दाबी छ । तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको आरोप छ । त्यहाँ अहिले चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.