बुधबार, माघ २३,२०८१ 12:37:46
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:37:46
IME remit
Global IME Bank Limited

तत्कालै हकप्रद नखुल्ने सम्भावनाले बीमा कम्पनीप्रति प्राधिकरण लचिलो, जगेडामा भएको रकम पूँजीको रुपमा गणना गर्न पाउने

Hyundai Nepal
तत्कालै हकप्रद नखुल्ने सम्भावनाले बीमा कम्पनीप्रति प्राधिकरण लचिलो, जगेडामा भएको रकम पूँजीको रुपमा गणना गर्न पाउने
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले जगेडा कोषमा भएको रकम चुक्तापुँजीको रुपमा गणना गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले तोकिएको पुँजी नपुगेका बीमकहरुलाई रिजर्भ फण्डमा भएको रकम पुँजीको रुपमा गणना गर्न पाउने परिपत्र गरेको हो ।  

नेपाल बीमा प्राधिकरणले २०८१ असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो ।  

तोकिएको समयममा बीमा कम्पनीहरुले चुक्तापुँजी बढाउन नसकेपछि बीमा प्राधिकरण थप लचिलो बनेको हो । पुँजी बढाउन १० वटा बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि सारेपनि धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण सो कम्पनीहरुको हकप्रद जारी गर्न पाएका छैनन् ।  

सो कम्पनीहरुले समयमा नै हकप्रदको लागि बोर्डसँग अनुमति मागेपनि बोर्डमा अध्यक्ष नहुँदा हकप्रद जारी गर्ने प्रक्रिया रोकिन पुगेको हो । यसकारण बीमा कम्पनीहरुले समयमा नै चुक्तापुँजी बढाउन सकेनन् ।  

चुक्तापुँजी बढाउन बीमा कम्पनीहरुले कसरत गरिरहँदा नियामक निकाय बीमा प्राधिकरण बीमकहरुसमक्ष थप लचिलो बन्न पुगेको छ । तत्कालै हकप्रदको बाटो नखुल्ने भएपछि जगेडा कोषमा भएको रकम गणना गरेर पुँजी पुर्याउन बीमा कम्पनीहरुलाई परिपत्र गरिसकेको बीमा प्राधिकरणका उप–निर्देशक शाम्भाराज लामिछानेले बताए ।  

‘कम्पनीहरुले पुँजी बृद्धिको लागि प्रयास गरेपनि धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा कतिपय कम्पनीहरुको हकप्रद निष्कासन प्रक्रिया रोकिन पुगेको छ’ उनले भने, ‘समयमा नै हकप्रद जारी गर्न नपाउँदा बीमकहरुले पुँजी बढाउन पाएनन्, त्यसकारण प्राधिकरण थप लचिलो बन्दै जगेडामा भएको रकम पुँजीको रुपमा गणना गर्न दिने निर्णयले बीमा कम्पनीलाई परिपत्र गरिसकेका छौं ।’

प्राधिकरणका अनुसार हालसम्म जीवन बीमातर्फ नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले तोकिएको पुँजी पुर्याइसकेका छन् भने निर्जीवनतर्फ आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योन्सको चुक्तापुँजी साढे २ अर्ब पुगिसकेको छ ।  

साथै गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरण गरी आइएमई लाइफ र सुर्यज्योति लाइफ इन्स्योरेन्सले पनि ५ अर्ब रुपैयाँ पुँजी सहजै पुर्याउनेछ । सो कम्पनीहरुको बोनस सेयर साधारण सभामार्फत पारित भएपनि नेप्सेमा सूचीकृत हुन बाँकी छ । यसरी १० वटा बीमा कम्पनीले तोकिएको चुक्तापुँजी पुर्याइसकेका छन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

हकप्रदमार्फत पुँजी बढाउने तरखरमा १० बीमा कम्पनी  

हालसम्म १० वटा बीमा कम्पनीले चुक्तापुँजी बढाउने प्रयोजनकै लागि हकप्रद निष्कासनको प्रक्रिया अघि सारेको छ । जसमा ५ वटा कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिइसकेका छ भने ५ वटा  कम्पनीले साधारण सभामार्फत प्रस्ताव पारित गरि बोर्डसँग अनुमति माग्ने तरखरमा छन् ।

बोर्डसँग अनुमति माग्ने कम्पनीमा एलआइसी नेपाल, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ र प्रभु इन्स्योरेन्स छन् ।  एलआइसी नेपालले कायम चुक्तापुँजीको ८८ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ र्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद, प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत १ः०.१७ अनुपातमा ७३ करोड ३ लाख रुपैयाँ बराबरको हकप्रद, एनएलजी इन्स्योरेन्सले १०ः६.६ अनुपातमा ९५ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको हकप्रद, नेको इन्स्योरेन्सले २५ प्रतिशत अर्थात् १ः०।२५ अनुपातमा ५० करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ५० प्रतिशत अर्थात् १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।  

बोर्डबाट स्वीकृति पाएमा उक्त कम्पनीहरुले हकप्रद जारी गरी प्राधिकरणले तोकेको चुक्तापुँजी सहजै पुर्याउनेछन् ।

साथै चुक्तापुँजी बढाउनका लागि हकप्रदको बाटो रोजेपनि ४ वटा बीमा कम्पनीले भने बोर्डमा निवेदन पेश गर्न बाँकी नै छ । कम्पनीहरुले साधारण सभामार्फत हकप्रद जारी गर्ने प्रस्ताव भने पारित गरिसकेका छन् ।  

बोर्डमा निवेदन दिइसकेका कम्पनीको समेत हकप्रद प्रक्रिया रोकिएपछि अन्य बीमा कम्पनीले निवेदन दिन नपाएका हुन् ।  

एशियन लाइफ इन्स्योरेन्सले कायम चुक्तापुँजीको ४२ प्रतिशत अर्थात् १ः०.४२ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।  

साथै प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सन नेपाल लाइफले पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन हकप्रदको बाटो राजेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २३.८० प्रतिशत बोनसपछि कायम हुने चुक्तापूँजी ३ अर्ब ९६ करोढ १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ः०।२७ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।  

साथै साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई बनेको सानिमा जिआइसी इन्स्योरेन्सको पनि प्राधिकरणले तोेकेको पूँजी पुगेको छैन । कम्पनीले कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत अर्थात् १ः०.२५ अनुपातमा ५० करोड रुपैयाँको हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सले पनि पूँजी बढाउन हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीले कायम चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँको ४० प्रतिशत अर्थात १०ः४० अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ । हकप्रदपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।  

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले पनि चुक्तापुँजी बृद्धिकै लागि हकप्रदको बाटो रोजेको छ । बीमा प्राधिकरणको निर्देशन बमोजिम चालु आवको अन्त्यसम्म न्यूनतम चुक्तापुँजी पुरा गर्न आवश्यक सबै प्रक्रियाहरु सम्पन्न गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले हकप्रद जारी गर्न प्राधिकरणसँग अनुमति मागेको छ ।  

कम्पनीले १००ः१५ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ८ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

चुक्तापुँजी नपुर्याउने ८ बीमा कम्पनीलाई के होला ?  

हाल २८ वटा बीमा कम्पनी सञ्चालनमा छन् । जसमा १४ जीवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनी छन् । सो मध्येपनि १ जीवन र २ निर्जीवन गरी ३ वटा कम्पनी विदेशी कम्पनीका शाखा छन् । यी तीन कम्पनीको दायित्व विदेशी कम्पनीले नै व्यहोर्ने हुँदा सो कम्पनीहरुको हकमा प्राधिकरणले तोकेको चुक्तापुँजी आवश्यक पर्दैन ।  

जीवन बीमातर्फ अब सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा रिलायन्स लाइफको तोकिएको पुँजी पुगेको छैन । साथै निर्जीवनतर्फ राष्ट्रिय बीमा कम्पनीको पनि तोकिएको पुँजी पुगेको छैन ।  

यी कम्पनीहरुले हकप्रद निष्कासनको लागि समेत कुनै प्रक्रिया अघि बढाएको छैन । रिलायबल नेपाल लाइफ र सिटिजन लाइफले गत आवको मुनाफाबाट बोनस सेयर बाँडेपनि अझै तोकिएको पुँजी पुगेको छैन । सानिमा रिलायन्स लाइफ र दुई सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीले पुँजी बृद्धिको लागि कुनै योजना बनाएका छैनन् ।  

प्राधिकरणका अनुसार पुँजी बढाउन प्रयास नगर्ने कम्पनीलाई ऐनबमोजिम कारबाही हुनेछ । सरकारी स्वामित्वमा रहेका दुई बीमा कम्पनीले पुँजी बृद्धिको लागि प्रयास नगरे बीमा ऐन बमोजिम कारबाही गरिने लामिछानेले बताए ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.