मंगलवार, पुष १६,२०८१ 01:16:58
IME remit
  • मंगलवार, पुष १६,२०८१ 01:16:58
IME remit
Global IME Bank Limited

होटल, पर्यटन र जीवन बीमा समूहको कारोबारमा उच्च वृद्धि, यस्तो छ बढ्नुको कारण

Hyundai Nepal
होटल, पर्यटन र जीवन बीमा समूहको कारोबारमा उच्च वृद्धि, यस्तो छ बढ्नुको कारण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ वटा समूहका कम्पनी र म्युचुअल फण्डहरु सूचीकृत छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनासम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७० पुगेको छ ।  

राष्ट्र बैंकको गत आवको ११ महिनासम्मको तथ्याङ्कअनुसार नेप्सेमा होटल तथा पर्यटन समूह र जीवन बीमा समूहको कारोबार ह्वात्तै बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यी दुई समूहको कारोबार बृद्धि उच्च देखिएको छ ।  

होटल तथा पर्यटन समूह १६५।६१ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा समूह १६३.७० प्रतिशतले बृद्धि भएको छ । समग्रमा सबै समूहका कम्पनीहरुको कारोबार अघिल्लो आवको तुलनामा गत आवमा ५८.४० प्रतिशतले बृद्धि भएको छ ।  

नेप्सेमा सूचीकृत कम्पनीको संख्या थपिंदा कारोबार रकम बढ्नु स्वभाविक हो । यता नेप्सेमा धितोपत्र बजार पुँजीकरण हिस्सा समेत बढेको छ । अघिल्लो आवको जेठ मसान्तसम्म २९ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण गत आवको जेठ मसान्तसम्म बृद्धि भई ३३ खर्ब ४९ अर्ब ४८ करोड पुगेको छ ।  

जेठ मसान्तसम्म नेप्सेमा रहेका सबै समूहको कारोबार अघिल्लो आवको तुलनामा बृद्धि भएको छ । होटल तथा पर्यटन समूह र जीवन बीमा समूह भने शतप्रतिशतभन्दा बढीले बढेको छ । होटल तथा पर्यटन समूहअन्तर्गत ६ वटा कम्पनी सूचीकृत छन् भने जीवन बीमा समूहमा १२ वटा कम्पनी सूचीकृत छन् ।  

गत आर्थिक वर्षमा सेयरबजारमा ‘लो क्याप’ भएका कम्पनीहरु चल्दा होटल तथा पर्यटन समूहका कम्पनीहरुको कारोबार बृद्धि देखिएको हो । गत आवमा केही समयसम्म होटल कम्पनीहरु चम्किएका थिए । केही लगानीकर्ताहरुले सोल्टी होटल, सिटि होटल जस्ता कम्पनीहरु चलाउँदा यो समूहको कारोबार बृद्धि देखिएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

अघिल्लो आवको अन्तिमतिर नेप्सेमा सूचीकृत भएको सिटि होटलको गत आवमा कारोबार ह्वात्तै बृद्धि भएको थियो । कम्पनीको कुल १ करोड ६७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कित्ता संख्या धेरै भएका कारण नेप्सेमा सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा सिटि होटल पर्ने गरेको थियो ।  

गत आवको डिसेम्बर बीचतिर होटल तथा पर्यटन उपसूचक ६०८८.४४ विन्दुसम्म पुगेको थियो । प्राय सबै होटल तथा पर्यटन समूहको सेयरभाउ बढ्दा उक्त समय होटल तथा पर्यटन समूह चलेको थियो । यसकारण पनि अघिल्लो आवको तुलनामा गत आवमा यो समूहको कारोबार रकम बृद्धि ह्वात्तै बढेको देखिएको हो ।  

यो समूहका गत आवको ११ महिनासम्ममा २० अर्ब ३३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो आवको ११ महिनासम्ममा यो समूहबाट जम्मा ७ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

साथै जीवन बीमा समूहको कारोबार पनि १६३.७० प्रतिशतले बृद्धि देखिएको छ । यो समूहको कारोबार रकम बढ्नुको मुख्य कारण भने कम्पनी संख्या बढ्नु हो । अघिल्लो आवमा जीवन बीमा समूहका सूचीकृत कम्पनीको संख्या ८ थियो भने गत आवमा १२ पुगेको छ ।  

प्रिमियम मूल्यमा आईपीओ जारी गरेका ४ वटा जीवन बीमा कम्पनी नेप्सेमा सूचीकृत भएपश्चात् यो समूहको कारोबार रकम ह्वात्तै बढेको हो । आइएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आइपीओ जारी गरेका कारण पनि दोस्रो बजारमा यी कम्पनीहरुको निकै चर्चा थियो र छ पनि । नेप्सेमा सूचीकृतपश्चात् यी कम्पनीहरुको सेयर सर्वाधिक कारोबारमा थियो । साथै गत आवमै प्रिमियमा आईपीओ जारी गरेका कारण आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट बोनस बाँड्न पाउने हल्लाले पनि सो कम्पनीहरुको कारोबार सर्वाधिक हुने गरेको थियो ।  

एक त प्रिमियम मूल्यमा आईपीओ ल्याउनु र थप प्रिमियमबाट बोनस बाँड्न पाउने वा नपाउने हल्लाले यी कम्पनीहरुको कारोबार झनै बढेको थियो । जसकारण अघिल्लो आवको तुलनामा गत आवमा कारोबार बढ्न पुगेको हो ।  

अघिल्लो आवको जेठ मसान्तसम्म यो समूहको १९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा गत आवको जेड मसान्तसम्म ५२ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.