सोमबार, कार्तिक २,२०८३ 03:14:32
  • सोमबार, कार्तिक २,२०८३ 03:14:32
Global IME Bank Limited

सिटी होटलको हकप्रदलाई प्रमोटरले नै पत्याएनन्, नबिकेको लाखौं कित्ता अक्सनमा

Bizshala
सिटी होटलको हकप्रदलाई प्रमोटरले नै पत्याएनन्, नबिकेको लाखौं कित्ता अक्सनमा
New Office

काठमाण्डौ । विवादास्पद उद्योगी पवन गोल्यानको मुख्य लगानी रहेको सिटी होटल लिमीटेडले निश्कासन गरेको करिब १५ प्रतिशत हकप्रद सेयर आवेदन नपरेको देखिएको छ ।  

यो होटलका हकप्रदमा केही प्रमोटरहरुले नै आवेदन नदिएका आँकडाले देखाएको छ । प्रमोटरले नै नपत्याएको कम्पनीको हकप्रदको पासोमा सर्वसाधारण सेयर लगानीकर्तालाई फसाइएकोसम्मको आरोपहरु सामाजिक सञ्जालहरुमा लाग्न थालेको देखिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सिटी होटलले भदौ २३ देखि असोज २६ गतेसम्म चुक्तापूँजीको १ः०.८० को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । कुुल १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद निश्कासन गरिएकोमा संस्थापक, कर्मचारी र साधारणतर्फको समेत गरी कुल १९ लाख ५० हजार ४१८ कित्ता खरीदका लागि कुनै आवेदन नपरेको हो ।  

आवेदन नै नपरेको हकप्रद सेयर कम्पनीले अब अक्सनमा ल्याएको छ । नबिकेका सेयर खरीदका लागि कात्तिक २३ गतेदेखि खुलाइएको अक्सन कात्तिक ३० गतेसम्म रहने बताइएको छ ।  

रमाइलो कुरा त के भने यसरी नबिकेको हकप्रदमध्ये १९ लाख ८० हजार ९९९ कित्ता प्रमोटर समूहतर्फको छ । यसको अर्थ ठूला प्रमोटरले नै आफ्नो कम्पनीको हकप्रदमा लगानी नगरेका देखिन्छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, कर्मचारीलाई छुट्याइएको सेयरमध्येबाट नबिकेको हकप्रद ६ हजार कित्ता छ भने साधारण समूहतर्फ १ लाख ५४ हजार ४१९ कित्ता हकप्रद नबिकेको देखिएको छ ।  

सबै व्यक्तिगत, संस्थागत लगानीकर्ता तथा कम्पनीहरु अक्सनमा बिड गर्न योग्य रहेका सूचनामा उल्लेख छ ।  

प्रभू क्यापिटल लिमीटेडले हकप्रद सेयर अक्सनमा बिक्री प्रबन्धकको काम गरिरहेको छ । अक्सनमा सहभागी हुन चाहनेले न्यूनतम १०० कित्ता र मूल्य पनि न्यूनतम १०० रुपैयाँ उल्लेख गर्नुपर्नेछ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.