शनिबार, चैत्र ३०,२०८१ 06:08:02
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:08:02
IME remit
Global IME Bank Limited

गोलभेडा सानो लोकलको मूल्य ४२% ले घट्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?

Hyundai Nepal
गोलभेडा सानो लोकलको मूल्य ४२% ले घट्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?
Nabil Bank Limited

काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य ८ प्रतिशतले बढ्दै प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै सानो लोकल गोलभेडाको मूल्य भने ४२ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य २५ रुपैयाँबाट १७ रुपैयाँमा सीमित बनेको छ । गोलभेडा (टनेल)सानोको मूल्य पनि ३५ प्रतिशतले घटेर प्रतिकेजी २९ रुपैयाँ कायम भएको छ । रातो आलुको औसत मूल्य १ प्रतिशतले घटेर प्रतिकेजी ६९ रुपैयाँ रहेको छ । रातो मुडेको आलुको मूल्य प्रतिकेजी ५१ रुपैयाँ र सेतो आलुको मूल्य ४९ रुपैयाँ रहेको छ ।  

प्याज सुकेको भारतीयको मूल्य प्रतिकेजी ९३ रुपैयाँ,गाजर लोकल ९५ रुपैयाँ, घिरौला ११० रुपैयाँ, प्याज हरियो १४० रुपैयाँ,राजा च्याउ २९० रुपैयाँ,ब्रोकाउली १३५ रुपैयाँ र खुर्सानी हरियो(बुलेट)को औसत प्रतिकेजी मूल्य ९५ रुपैयाँमा किनबेच भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज बन्दा लोकलको मूल्य २२ प्रतिशतले घट्दै प्रतिकेजी ४५ रुपैयाँ, काउली स्थानियको मूल्य ३० प्रतिशतले घट्दै ६५ रुपैयाँ, स्थानिय काउली(ज्यापु)को मूल्य ९ प्रतिशतले घट्दै ८६ रुपैयाँ,चिचिण्डो १५ प्रतिशतले घट्दै ६५ रुपैयाँ,परवल पनि १५ प्रतिशतले घट्दै ६५ रुपैयाँ,डल्ले च्याउ १९ प्रतिशतले घट्दै ३५० रुपैयाँ, च्याउ(कन्य)१५ प्रतिशतले घट्दै १५६ रुपैयाँ, रायो साग २४ प्रतिशतले घट्दै १९३ रुपैयाँ, भिण्डी ७ प्रतिशतले घट्दै १३० र पिडालु ४ प्रतिशतले घट्दै प्रतिकेजी ११० रुपैयाँ कायम भएको छ ।  

आज सेतो मुला हाईब्रिडको मूल्य २२ प्रतिशतले बढ्दै प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ,भन्टा(लाम्चो)को मूल्य १२ प्रतिशतले बढ्दै ८६ रुपैयाँ,भन्टा(डल्लो) १२ प्रतिशतले बढ्दै ९६ रुपैयाँ,बोडी(तने)४ प्रतिशतले बढ्दै १२० रुपैयाँ,मकै बोडी १३ प्रतिशतले बढ्दै ११० रुपैयाँ,घिउ सिमी(हाईब्रिड)११ प्रतिशतले बढेदै १७० रुपैयाँ, घिउ सिमी(लोकल)१३ प्रतिशतले बढेदै १७२ रुपैयाँ,भटमास कोशा १७ प्रतिशतले बढेदै १४० रुपैयाँ,तिते करेला १३ प्रतिशतले बढ्दै ११० रुपैयाँ, लौका १३ प्रतिशतले बढ्दै ११० रुपैयाँ र हरियो फर्सी(डल्लो)को मूल्य ११ प्रतिशतले बढ्दै ८५ रुपैयाँ निर्धारण भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.