शनिबार, चैत्र ३०,२०८१ 06:10:23
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:10:23
IME remit
Global IME Bank Limited

काक्रोको मूल्य ६६% ले घट्यो,अन्य कुन तरकारी भाउ भयो घटबढ ?

Hyundai Nepal
काक्रोको मूल्य ६६% ले घट्यो,अन्य कुन तरकारी भाउ भयो घटबढ ?
Nabil Bank Limited

काठमाण्डौ । काक्रो(हाईब्रिड)को मूल्य ६६ प्रतिशतले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज काक्रो(हाईब्रिड)को औसत प्रतिकेजी मूल्य ३० रुपैयाँले घटेर ४५ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन काक्रो(हाईब्रिड)को औसत प्रतिकेजी मूल्य ७५ रुपैयाँ थियो ।  

यस्तै आज काक्रो लोकलको मूल्य पनि ३७ प्रतिशतले घटेर प्रतिकेजी ८० रुपैयाँ कायम भएको छ । आज गोलभेडा सानो टनेलको मूल्य २३ प्रतिशतले घटेर प्रतिकेजी २४ रुपैयाँ,सानो गोलभेडा(लोकल)को मूल्य ६ प्रतिशतले घटेर १६ रुपैयाँ, गोलभेडा ठूलो नेपाली ५ प्रतिशतले बढेर ११६ रुपैयाँ र रातो आलुको औसत मूल्य ६९ रुपैयाँमा किनबेच भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज काउली स्थानियको औसत मूल्य २५ प्रतिशतले घटेर प्रतिकेजी ७६ रुपैयाँ, स्थानिय काउली(ज्यापु)को मूल्य १८ प्रतिशतले घटेर ९६ रुपैयाँ, भन्टा(लाम्चो)१० प्रतिशतले घटेर ८६ रुपैयाँ, भन्टा(डल्लो)१३ प्रतिशतले घटेर ९६ रुपैयाँ, तिते करेला १५ प्रतिशतले बढेर ८२ रुपैयाँ, लौका ५ प्रतिशतले घटेर ९० रुपैयाँ, भिण्डी ९ प्रतिशतले घटेर ११० रुपैया, पिंडालु १३ प्रतिशतले घटेर ९६ रुपैयाँ, रायो साग ३ प्रतिशतले घटेर १८३ रुपैयाँ, च्याउ(डल्ले)८ प्रतिशतले घटेर ३ सय रुपैयाँ, रातो बन्द १४ प्रतिशतले घटेर ५६ रुपैयाँ, खुर्सानी हरियो(अकबरे)१६ प्रतिशतले घटेर सय रुपैयाँ,हरियो धनिया ५ प्रतिशतले घटेर ४५० रुपैयाँ र छ्यापी सुकेको ३ प्रतिशतले घटेर १६५ रुपैयाँ कायम भएको छ ।  

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मुला सेतो लोकलको मूल्य २३ प्रतिशतले बढेर प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ, मुला(रातो)२० प्रतिशतले बढेर ५६ रुपैयाँ, सेतो मूला(हाईब्रिड)२ प्रतिशतले बढेर ३६ रुपैयाँ, बोडी तने ९ प्रतिशतले बढेर १२२ रुपैयाँ, घिउ सिमी(लोकल)९ प्रतिशतले बढेर १६६ रुपैयाँ, घिउ सिमी(आईब्रिड)११ प्रतिशतले बढेर १७० रुपैयाँ, भटमाशकोशा २१ प्रतिशतले बढेर १४६ रुपैयाँ, परवल १४ प्रतिशतले बढेर ७६ रुपैयाँ, चिचिण्डो २ प्रतिशतले बढेर ६६ रुपैयाँ, घिरौला ५ प्रतिशतले बढेर ११६ रुपैयाँ, फर्सी पाकेको ४ प्रतिशतले बढेर ६८ रुपैयाँ, स्कुस ११ प्रतिशत बढेर ९६ रुपैयाँ, प्याज हरियो ३३ प्रतिशत बढेर १८६ रुपैयाँ, कुरीलो १४ प्रतिशत बढेर ३२५ रुपैयाँर भेडे खुर्सानी ५ प्रतिशतले बढेर प्रतिकेजी औसत मूल्य ११६ रुपैयाँ पुगेको छ ।     

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.