बुधबार, माघ २३,२०८१ 12:42:58
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:42:58
IME remit
Global IME Bank Limited

पुनर्बीमा कम्पनीको पूँजीवृद्धि योजना: समयको माग कि सेयरमूल्यमा चलखेलको प्रपञ्च ?

Hyundai Nepal
पुनर्बीमा कम्पनीको पूँजीवृद्धि योजना: समयको माग कि सेयरमूल्यमा चलखेलको प्रपञ्च ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत बुधबार दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई चुक्तापुँजी बृद्धिको क्यापिटल प्लान पेश गर्न निर्देशन दियो ।  

सरकारी मातहतमा रहेको नेपाल रिइन्स्योरेन्स र पब्लिक कम्पनी हिमालयन रिइन्स्योेरेन्सलाई हालको पुँजीले जोखिम बहन गर्न नसक्ने बताउँदै प्राधिकरणले आगामी १ वर्षभित्र पुँजी बढाउन निर्देशन दिएको छ ।  

प्राधिकरणकाअनुसार दुई पुनर्बीमा कम्पनीले आगामी वर्ष २०८१ साल माघ १७ गतेसम्म पुँजी कसरी बढाउने भन्ने क्यापिटल प्लान १५ दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्नेछ । दुई पु्नर्बीमा कम्पनीले एक वर्षभित्र २० अर्ब चुक्तापुँजी पुर्याउनुपर्ने प्राधिकरणले जनाएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

प्राधिकरणको सो खालको निर्देशनलाई लिएर यतिबेला सेयर लगानीकर्ताहरुले विभिन्न खालका अड्कल लगाइरहेका छन् । प्राधिकरणले पब्लिक कम्पनी हिमालयन रिइन्स्योरेन्सलाई पुँजी बृद्धि गर्नकै लागि प्रिमियम मूल्यमा आईपीओ समेत जारी गर्न अनुमति दिएको थियो ।  

कम्पनीले ३ करोड कित्ता साधारण सेयर निश्कासन गरेर १० अर्ब रुपैयाँ पुँजी पुर्याएको छ । धितोपत्र दोस्रो बजारमा करिब १ महिनादेखि यता कारोबारमा आउन थालेको हिमालयन रि इन्स्योरेन्सलाई फेरी दोब्बर पुँजी बढाउन दवाब परेको छ ।  

आईपीओ निश्कासनपछि कारोबारमा आएको एक महिना नबित्दै फेरी पुँजी बृद्धिको विषय सेयरभाउ बढाउने फण्डा हुनसक्ने लगानीकर्ताहरुको अनुमान छ । कतिपय सेयर लगानीकर्ताहरुले हिमालयन रि र नेपाल रि को पुँजी बृद्धि गर्ने विषय बजारमा हकप्रद ल्याई सेयरमूल्य चलखेल गर्न खोजिएको आरोप समेत लगाएका छन् ।  

पुँजी बढाउन पुनर्बीमा कम्पनीहरुलाई दवाब सिर्जना हुँदा या त वैदेशिक लगानी भित्र्याउन रणनीतिक साझेदार गर्नुपर्ने हुन्छ या त हकप्रदमार्फत पुँजी बृद्धि गनुपर्ने अर्को विकल्प हुनसक्छ ।  

नेपाल रि इन्स्योरेन्सको हकमा हालको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप्नुपर्ने देखिन्छ । यता हिमालयन रिको हालको चुक्तापुँजी आईपीओपश्चात् १० अर्ब रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले थप १० अर्ब रुपैयाँ जुटाउनुपर्नेछ ।  

पुँजी बृद्धिको विषयमा नेपाल रि भन्दा हिमालयन रि लाई बढी प्रेसर पर्ने देखिन्छ । पुँजी बढाउन भर्खरै आईपीओ जारी गरेको हिमालयन रि ले पुनः दोब्बर पुँजी बृद्धि गर्नुपर्ने देखिएको छ । दोस्रो बजारमा हकप्रद सेयर ल्याई सेयरमूल्य चलखेल गर्न पुँजी बृद्धिको विषय ल्याइएको हुनसक्ने लगानीकर्ताले मनशाय ब्यक्त गरेका छन् ।  

बजार जानकार विष्णुप्रसाद बस्याल पुनर्बीमा कम्पनीहरुको पुँजी बृद्धि गर्न खोज्नु बीमा प्राधिकरणको नियतमै शंका रहेको बताउँछन् । पुनर्बीमा कम्पनीहरुको व्यवसाय र जोखिमको आधारसहितको फिगर तयार नगरी हचुवाको भरमा पुँजी बृद्धि गर्न खोज्नु प्राधिकरणको अपरिपक्व सोंच रहेको बस्यालले आरोप समेत लगाएका छन् ।  

‘बीमा प्राधिकरणले बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुको व्यवसाय र जोखिम कति छ, त्यसको मापन नै नगरी २० अर्ब पुँजी पुर्याउनुपर्ने निर्देशन दिएको छ, तर यो के आधारमा निर्देशन दिइएको छ, त्यसको कुनै खाका नै तयार छैन’ बस्यालले भने, ‘नियामकको यस्तो नियतले कम्पनीसँगको मिलेमतोमा पुँजी बृद्धिको विषय ल्याएर दोस्रो बजारमा सेयरभाउमा चलखेल गर्न खोजिएको शंका गर्न आधार बन्नसक्छ ।’

पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी २० अर्ब पुर्याउन निर्देशन दिई ‘इन्ट्रि ब्यारियर’ गर्न खोजिएको समेत बस्यालले आरोप लगाएका छन् । ‘एक त नियामकले कम्पनीको पुँजी बृद्धि गर्न निर्देशन दिने कुरा नै होइन, कम्पनी स्वयम् आफैंले व्यवसायको दायरा निक्र्यौल गरी जोखिम धारण गर्न पर्याप्त पुँजी छ या छैन त्यो हेरेर पुँजी बढाउन आवश्यक रहे नियामकसँग प्रस्ताव गर्ने हो।’ उनले भने, ‘बीमा प्राधिकरणको निर्देशन हेर्दा यहाँ नियामक पनि अव्यवहारिक देखियो । कुनै फिगर तयार नै नगरी पुँजी बढाउन निर्देशन दिँदा एकाधिकार जमाउन खोजेको देखियो ।’

बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुले जोखिममा आधारित पुँजी कायम गरेमात्रै पुग्ने बस्यालको भनाई छ । ‘केही समयअघि प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पुँजी १० अर्ब पुर्याउन निर्देशन दिएको थियो । फेरि एक वर्षको अन्तरालमै २० अर्ब पुँजी पुर्याउन खोज्नु नियामकको नियत नै शंकास्पद देखियो।’ उनले भने, ‘बीमा कम्पनीहरुको संख्या थपिएको छैन, व्यवसाय पनि त्यति धेरै ग्रोथ छैन, अनि जोखिम मात्रै बढ्यो भनेर पुँजी बढाउन मात्रै खोज्नु यो अनप्रोफेसनल देखियो ।’  

यता नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने पुनर्बीमा कम्पनीहरुको व्यवसाय बृद्धिसँगै जोखिम पनि बढेकाले पुँजी बृद्धि आवश्यक रहेको बताएका छन् ।  

‘पुनर्बीमा कम्पनीहरुको हालको पुँजी स्वजोखिम बहन गर्न समेत अपुग देखिन्छ, व्यवसाय बृद्धिसँगै पुनर्बीमा व्यवसायको जोखिम पनि उत्तिकै बढ्दै जाने भएकाले पुँजी बृद्धि आवश्यक छ’ पौडेलले बिजशालासँग भने, ‘जीवन र निर्जीवन बीमा कम्पनीको पुँजी बढेपछि सबै कम्पनीको जोखिमभार पुनर्बीमा कम्पनीले लिनुपर्छ । रि इन्स्योरेन्स कम्पनीहरुको पनि जोखिम धारण क्षमता बृद्धि होस् भन्ने हेतुले पुँजी बृद्धिका लागि निर्देशन दिएका हौं ।’  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.