शनिबार, असार १४,२०८२ 07:47:19
  • शनिबार, असार १४,२०८२ 07:47:19
Global IME Bank Limited

मानुषी लघुवित्तको ७.०५ लाख कित्ता सेयरको लक इन अवधि भदौ ७ गते समाप्त हुने

Hyundai Nepal
मानुषी लघुवित्तको ७.०५ लाख कित्ता सेयरको लक इन अवधि भदौ ७ गते समाप्त हुने
Nabil Bank Limited

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आगामी भदौ ७ गते समाप्त हुने भएको छ।  संस्थाले एक सूचना जारी गर्दै आगामी भदौ ७ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ ७ गते बाँडफाँड गरिएको थियो ।  

सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था भएबमोजिम उक्त सेयर लक इनमा राखिएको संस्थाले जनाएको छ ।  

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने संस्थाले स्पष्ट पारेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.