सोमबार, श्रावण १८,२०८३ 09:01:01
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:01:01
Bizshala
Global IME Bank Limited

जिरीको सागको मूल्य केजीमा १३५ रुपैयाँले घट्यो, यस्तो छ अन्य तरकारी भाउ

जिरीको सागको मूल्य केजीमा १३५ रुपैयाँले घट्यो, यस्तो छ अन्य तरकारी भाउ
New Office

काठमाण्डौ । जिरीको सागको मूल्य ३५ प्रतिशतले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज जिरीको सागको औसत प्रतिकेजी मूल्य १३५ रुपैयाँले घटेर ३५० रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन जिरीको सागको औसत प्रतिकेजी मूल्य ४७५ रुपैयाँ थियो । यसरी एक दिनको अन्तरालमा जरीको सागको औसत प्रतिकेजी मूल्य ३५ प्रतिशतले घटेको छ ।    

त्यस्तै आज घिरौलाको मूल्य १७ प्रतिशतले घट्दै ७५ रुपैयाँ, स्कुु १४ प्रतिशतले घट्द्रै ७५ रुपैयाँ, भटमाशकोशा ७ प्रतिशतले घट्दै १४० रुपैयाँ, टाटे सिमी ८ प्रतिशतले घट्दै ११५ रुपैयाँ,घिउ सिमी(हाईब्रिड)२१ प्रतिशतले घट्दै ११० रुपैयाँ, घिउ सिमी(लोकल)२१ प्रतिशतले घट्दै ११० रुपैयाँ, बोडी तने १० प्रतिशतले घट्दै ११० रुपैयाँ, मकै बोडी १ प्रतिशतले घट्दै १३५ रुपैयाँ, स्थानिय काउली(ज्यापु)३ प्रतिशतले घट्दै ११० रुपैयाँ, गाजर लोकल ७ प्रतिशतले घट्दै ९० रुपैयाँ, तोफु १८ प्रतिशतले घट्दै १३१ रुपैयाँ, रातो आलुको औसत मूल्य ६९ रुपैयाँ,रातो आलु(भारतीय)५७ रुपैयाँ, आलु(सेतो)५३ रुपैयाँ, प्याज सुकेको भारतीय ८७ रुपैयाँ र बन्दा लोकलकको मूल्य ४५ रुपैयाँ कायम भएको छ ।  

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा ठूलो(नेपाली)को मूल्य ५ प्रतिशतले बढेर ७० रुपैयाँ, गोलभेडा सानो लोकलको मूल्य १९ प्रतिशतले बढेर २२ रुपैयाँ, गोलभेडा सानो(टनेल)को मूल्य ४ प्रतिशतले बढेर २९ रुपैयाँ, काउली स्थानिय १० प्रतिशतले बढेर ९५ रुपैयाँ, भन्दा(लाम्चो)२ प्रतिशतले बढेर ७५ रुपैयाँ, तिते करेला १ प्रतिशतले बढेर ६५ रुपैयाँ, पिंडालु ४ प्रतिशतले बढेर ११० रुपैयाँ, प्याज हरियो ८ प्रतिशतले बढेर २ सय रुपैयाँ र च्याउ(डल्ले)२ प्रतिशतले बढेर ३९० रुपैयाँ पुगेको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.