शुक्रबार, असार १२,२०८३ 01:49:52
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:49:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रायो सागको मूल्य ५५% ले घट्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?

Laxmi Sunrise Bank Limited
रायो सागको मूल्य ५५% ले घट्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज रायो सागको औसत प्रतिकेजी मूल्य ५५ प्रतिशतले घटेको छ । आज रायो सागको औसत मूल्य ११३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन रायो सागको औसत मूल्य प्रतिकेजी १७६ रुपैयाँ थियो ।  

यस्तै आज तोरीको सागको मूल्य १५ प्रतिशतले घट्दै ६५ रुपैयाँ, प्याज हरियो ९ प्रतिशतले घट्दै १८३ रुपैयाँ, पिंडालु १३ प्रतिशतले घट्दै ९६ रुपैयाँ, च्याउ डल्ले ८ प्रतिशतले घट्दै ३६० रुपैयाँ, काक्रो(लोकल)३२ प्रतिशतले घट्दै ६८ रुपैयाँ, काक्रो(हाईब्रिड)२८ प्रतिशतले घट्दै ३५ रुपैयाँ, खुर्सानी हरियो अकबरे २५ प्रतिशतले घट्दै ३०० रुपैयाँ,भेडे खुर्सानी ६ प्रतिशतले घट्दै ११२ रुपैयाँ, काउली स्थानिय ११ प्रतिशतले घट्दै ८५ रुपैयाँ, मुला सेतो(हाईब्रिड)१६ प्रतिशतले घट्दै ३० रुपैयाँ, भन्टा डल्लो २ प्रतिशतले घट्दै ८३ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)१३ प्रतिशतले घटेर ९६ रुपैयाँ, चिचिण्डो १८ प्रतिशतले घटेर ५५ रुपैयाँ र रातो आलु(मुडे)को औसत मूल्य १ प्रतिशतले घटेर प्रतिकेजी ५० रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज न्यूरोको मूल्य १३ प्रतिशतले बढेर ११० रुपैयाँ, ब्रोकाउली १५ प्रतिशतले बढेर १३६ रुपैयाँ, चुकन्दर १५ प्रतिशतले बढेर ७६ रुपैयाँ, जिरीको साग २२ प्रतिशतले बढेर ४५० रुपैयाँ, गान्टे मुला ११ प्रतिशतले बढेर ८५ रुपैयाँ, तोफु १५ प्रतिशतले बढेर १५६ रुपैयाँ, टाटे सिमी ८ प्रतिशतले बढेर १२५ रुपैयाँ, भटमाशकोशा १९ प्रतिशतले बढेर १७४ रुपैयाँ, तिते करेला ४ प्रतिशतले बढेर ६८ रुपैयाँ, लौका २ प्रतिशतले बढेर ४६ रुपैयाँ र गोलभेडा सानो(टनेल)को मूल्य १७ प्रतिशतले बढेर ३५ रुपैयाँ पुगेको छ ।      

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.