शुक्रबार, कार्तिक ६,२०८३ 10:11:41
  • शुक्रबार, कार्तिक ६,२०८३ 10:11:41
Global IME Bank Limited

उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो

Bizshala
उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो
New Office

काठमाण्डौ । उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय परिसरमा झरेको छ ।  

उत्तर कोरियाबाट उडेर आएको ब्यालुन बुधबार बिहान योङसाङमा रहेको राष्ट्रपतिको कार्यालय परिसरमा र अर्को ब्यालुन राष्ट्रिय सुरक्षा मन्त्रालयमा खसेको दक्षिण कोरियाली राष्ट्रपति सुरक्षा निकायले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सुरक्षा निकायले आफ्नो केमिकल, बायोलोजिकल र रेडियोलोजिकल रेस्पोन्स टिमले गरेको प्रारम्भिक जाँचका क्रममा उत्तर कोरियाबाट आएको फोहोरमा मानव स्वास्थ्यलाई असर  गर्ने तत्व नभेटिएको र सबै फोहोरलाई जम्मा गरिएको जनाएको छ । ब्ल्यालुनभित्र कागज र प्लास्टिकका टुक्राहरु रहेको जनाइएको छ ।  

राष्ट्रपति सुरक्षा निकायले राष्ट्रपति भवनतर्फ आउने ब्यालुनको निरन्तर निगरानी गरिरहेको जनाएको छ । यससँगै उत्तर कोरियाले यो वर्षमात्रै १० पटक दक्षिण कोरियामा फोहोरले भरिएको ब्यालुन पठाएको छ । यसअघि पनि गत जुन ९ मा राष्ट्रपतिको कार्यालय नजिकै फोहोरले भरिएको ब्यालुन खसेको थियो ।    

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.