आईतवार, भाद्र २३,२०८१ 05:48:43
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:48:43
IME remit
Global IME Bank Limited

धनगढीका मदन भट्टले नेपाल टप बनेर हाने ह्याट्रिक, अभिकर्ता पेशाबाटै वार्षिक २ करोडसम्मको कमाई

Hyundai Nepal
धनगढीका मदन भट्टले नेपाल टप बनेर हाने ह्याट्रिक, अभिकर्ता पेशाबाटै वार्षिक २ करोडसम्मको कमाई
Nabil Bank Limited

काठमाण्डौ । समाजमा बीमाप्रतिको संकुचित सोचाई अझै परिवर्तन हुन सकेको छैन । जीवन बीमालाई आधारभुत आवश्यकतामा राख्न सकिएको छैन । जसरी मानिसको जीवनमा गास, बास र कपास महत्व हुन्छ, त्यसरी नै जीवन बीमाको महत्व पनि उत्तिकै रहेको छ ।  

तर जीवन बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु समाजमा प्रशस्त भेटिन्छन् । जीवन बीमा कम्पनीहरुले ल्याएको विभिन्न बीमा पोलिसीको बारेमा बीमितसमक्ष पुर्याई बिक्री गर्ने काम बीमा अभिकर्ताहरुको हुन्छ । यसकारण अभिकर्तालाई बीमा कम्पनीको मेरुदण्ड मानिन्छ ।

झट्ट सुन्दा बीमा अभिकर्ता बन्न सहज होला भन्ने अनुमान गरिएपनि यो पेशालाई अँगालेर अघि बढ्न उत्तिकै गाह्रो पनि छ । सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाएर कन्भिन्स गरी बीमा गराउन सजिलो काम पक्कै होइन र छैन पनि ।  

तर, विगत २२ वर्षदेखि बीमा क्षेत्रमा अभिकर्ताको रुपमा आबद्ध रहेका धनगढीका मदन भट्टलाई अहिले बीमा बिक्री गर्न त्यति कठिन छैन । लामो समय बीमा क्षेत्रमा विताईसकेका उनलाई अहिले बीमित आफैंले बीमा गरिदिन भनि सम्पर्क गर्छन् ।  

सन् २००१ मा एलआइसी नेपालबाट बीमा क्षेत्रमा प्रवेश गरेका उनी सन् २०१२ बाट भने नेपाल लाइफ इन्स्योरेन्समा सक्रिय अभिकर्ताका रुपमा आबद्ध छन् । २२ वर्षको बीमा यात्रामा उनले धेरै उपलब्धि पाइसकेका छन् । सुरु–सुरुमा बीमा बिक्री गर्न बीमितलाई धेरै कन्भिन्स गर्नुपरेपनि यो समयसम्म आइपुग्दा बीमित आफैंले बीमा गर्नुपर्यो भनेर उनलाई सम्पर्क गर्छन् ।  

जीवन बीमा अभिकर्ता पेशा अन्य पेशाको तुलनामा उत्कृष्ट र राम्रो रहेको भट्टको भनाई छ । यो पेशामा नामसँगै दाम पनि हुने उनी बताउँछन् ।  

‘जीवन बीमा अभिकर्ताको पेशालाई म अन्य पेशाको तुलनामा उत्कृष्ट मान्छु, हुन त अन्य पेशा पनि नराम्रा त हुँदैनन्, सबै क्षेत्रमा सफल हुन मिहिनेत र धैर्यता हुनुपर्छ, यसरी नै जीवन बीमा क्षेत्रमा पनि अभिकर्तामा लगनशील र धैर्यता हुनैपर्छ’ उनले भने, ‘यो क्षेत्रमा मिहिनेतका साथ लागिपरेमा नामसँगै दाम पनि उल्लेख्य हुने निश्चित छ ।’

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै अभिकर्ता पेशालाई भट्ट सामाजिक सेवाको रुपमा पनि लिने गरेका छन् । उनी भन्छन्, ‘यो पेशा एक सामाजिक कार्य पनि हो, मैले एउटा परिवारको २५/३० लाख रुपैयाँको जीवन बीमा गराएको थिए । बीमितबाट ५÷६ लाख रुपैयाँ प्रिमियम मात्रै भुक्तानी भएको थियो । पछि उहाँको मृत्यु भएपछि उहाँको परिवारले ५० लाख रुपैयाँ जति दाबी भुक्तानी पाउनुभयो । सोही परिवारको बैंकमा घर लिलामी हुने प्रक्रियामा रहेछ सोही रकमले उहाँहरुको घर जोगियो । यस हिसाबले अभिकर्ताले जीवन बीमा गर्न प्रोत्साहन गरी सामाजिक सेवा पनि गरिरहेको हुन्छ ।’

२२ वर्षे बीमा यात्रामा उनले लगभग ७ हजार जति बीमा पोलिसी बिक्री गरिसकेका छन् । भट्टले एलआइसी नेपालमा रहँदा ५–६ हजार पोलिसी बिक्री गरेका थिए भने नेपाल लाइफमा २ हजार जति पोलिसी बिक्री गरिसकेका छन् । संख्याको आधारमा एलआइसी नेपालमा धेरै पोलिसी बिक्री गरेपनि बीमाङ्क रकमको आधारमा नेपाल लाइफमा उनले ठूलो बीमाशुल्क भित्र्याएका छन् ।  

‘नेपाल लाइफमा आबद्ध भइसकेपछि मैले एकजना बीमितको १२ करोड रुपैयाँ सम्मको बीमा गराएको छु’ उनले भने, ‘वार्षिक १ करोड ८० लाख रुपैयाँ वा २ करोड रुपैयाँसम्म प्रिमियम तिर्ने बीमित पनि हुनुहुन्छ ।’

बीमा क्षेत्रको यात्रामा उनी ५ पटकसम्म नेपाल टप अभिकर्ता बन्न सफल भएका छन् । सन् २००७ मा एलआइसी नेपालबाट उत्कृष्ट प्रिमियम भित्र्याई नेपाल टप बनेका उनी नेपाल लाइफमा आबद्ध भइसकेपछि ४ पटक नेपाल टप बनिसकेका छन् । सन् २०१२ मा नेपाल लाइफबाट सर्वाधिक प्रिमिमय संकलन गरेर नेपाल टप बनेका उनी पछिल्लो तीनवर्ष उता लगातार नेपाल टप बनेर उनले ह्याट्रिक हानिसकेका छन् ।  

‘नेपाल लाइफमा आबद्ध भइसकेपछि अभिकर्ताको रुपमा काम गर्न सहज भएको छ, स्ट्रगल फेजसमा बनाएको पीआरले केही सहज बनाएको छ’ उनले भने, ‘बीमा बिक्री गर्न बेस बनिसकेको छ, यसकारण पनि म नेपाल लाइफमा आबद्ध भइसकेपनि ४औं पटक नेपाल टप एजेन्सी म्यानेजर बन्न सफल भएको छु ।’

नेपाल लाइफमा छिरेकै वर्ष नेपाल टप बनेका भट्ट टिमबाट समेत गत आर्थिक वर्षमा सर्वाधिक बीमाशुल्क संकलन गरेर नेपाल टप बनेका छन् । यसरी उनी सेल्फ कोड र टिम दुबैबाट नै नेपाल टप एजेन्सी बन्न सफल भएका छन् ।

अभिकर्ता पेशाले परिवर्तन गराएको व्यक्तित्व  

 जीवन बीमा अभिकर्ताको पेशाले विशेषतः व्यक्तित्व विकास गराएको भट्टको धारणा छ । अभिकर्ता बनिसकेपछि सबैभन्दा पहिला आत्मविश्वास बढ्ने उनी बताउँछन् ।  

‘यो क्षेत्रले दिएको उपलब्धीमा व्यत्तित्व विकास पनि हो, आर्थिक अवस्था त विस्तारै बलियो हुँदै जान्छ त्योसँगै व्यक्तिमा के–के परिवर्तन आएको छ त्यो पनि एकप्रकारको उपलब्धी नै हो’ उनले भने, ‘यो पेशामा लागिसकेपछि को सँग कस्तो व्यवहार गर्ने र कसरी बोल्ने सबै सिक्ने अवसर मिलेको छ ।’

साथै बीमा अभिकर्ता बनिसकेपछि आफुमा आत्मविश्वास बढेको उनी बताउँछन् । ‘मानिसलाई सफल हुन आत्मविश्वासले ठूलो भूमिका खेलेको हुन्छ, जहाँ आत्मविश्वास हुँदैन त्यहाँ सक्सेस हुँदैन’ उनले भने, ‘हामी विभिन्न खालका ब्यक्तिहरुसँग बीमाको विषयमा कुरा गरेका हुन्छौं, बीमाको महत्व बुझाएर बीमा गर्न प्रेरित गरेका हुन्छौं, यसले गर्दा कन्फिडेन्स लेभल बढेको छ, अब जस्तो सुकै कठिन अवस्था आएपनि आत्मविश्वास भने घट्दैन भन्ने लाग्छ ।’

असीमित कमाई हुने पेशा

अभिकर्ता पेशामा मिहिनेतका साथ धैर्यता राख्दै अघि बढ्ने हो भने यसबाट मनग्य आम्दानी हुन सक्ने भट्टको भनाई छ ।  

‘जुनसुकै क्षेत्रमा सहजै पैसा कमाउन गाह्रो छ, अन्य सेक्टरमा पनि मिहिनेत गर्न जरुरी छ, तर अन्य क्षेत्रमा लगाएको एफर्ट बीमा क्षेत्रमा लगाउने हो भने असीमित कमाई हुन सक्छ’ उनले भने, ‘बीमा क्षेत्रमा पनि मिहिनेत र लगनशील हुन आवश्यक छ, अभिकर्ताले धैर्यता राख्न नसक्दा छोटो समयमा नै यो पेशाबाट पलायन समेत भएका छन् ।’

भट्टले पनि बीमा अभिकर्ताको पेशाबाट मनग्य आम्दानी गर्छन् । मर्यादित ढंगबाट पेशालाई अगाँलेका उनले २२ वर्षे बीमा यात्रामा वार्षिक २ करोडसम्म आम्दानी गरेका छन् ।  

‘बीमा क्षेत्र भनेको सधैं एकनासको हुँदैन, आफुले जति गर्न सक्यो उति नै आम्दानी गर्न सकिन्छ’ उनले भने, ‘कहिलेकाँही भनेजस्तो आम्दानी नहुन सक्छ भने कहिलेकाँही आफ्नो मिहिनेतअनुसारको फल पाइरहेको हुन्छ, तर आत्तिन र मात्तिनु भने हुँदैन ।’

 

एमडीआरटी, सीओटी र टिओटी समेत बन्न सफल  

बीमा क्षेत्रमा लामो समयत बिताइसकेका भट्ट थुप्रैपटक एमडीआरटी क्वालिफाइड भइसकेका छन् । एलआइसी नेपालमा हुँदा धेरैपटक एमडीआरटी बनिसकेको उनलाई आफु कतिपटक एमडीआरटी बने भन्ने समेत याद नरहेको उनी बताउँछन् ।  

‘यो पेशालाई सामाजिक सेवाको रुपमा पनि लिने गरेकाले म सोढी ढंगबाटै काममा बढी केन्द्रीत हुन्छु, अभिकर्ताहरु कम्पनीले दिएको टार्गेट पुरा गर्न वास्तविक कुरा भन्दा बढाईचढाई पोलिसी बिक्री गर्छन, तर म यथार्थमा रहेर बीमालेखको अवस्था बुझाएर मात्रै बीमा बिक्री गर्छु’ उनले भने, ‘आफुले गर्दै आइरहेको कामलाई निरन्तरता दिने क्रममा थुप्रैपटक एमडीआरटी क्वालिफाइड बनिसकेको छु तर मलाई ठ्याक्कै कतिपटक भन्ने याद छैन ।’

तर नेपाल लाइफमा आइसकेपछि भने मदन सीओटी र टिओटी समेत बन्न सफल भएको उनी बताउँछन् । ‘नेपाल लाइफमा आइसकेपछि सर्वाधिक व्यवसाय भित्र्याउने टिओटी समेत बनेको छु’ उनले भने, ‘नेपालमा टिओटी एकदमै कम अभिकर्ताहरु मात्रै बन्नुहुन्छ जसमा म पनि बन्न सफल भएको थिए । वर्षौदेखि यो क्षेत्रमा गरेको मिहिनेतको फल पाएको छु ।’

उनी एमडीआरटी फाउन्डेशन नेपालको मेम्बर समेत बनिसकेका छन् । नेपाल लाइफ एमडीआरटी फाउन्डेशन नेपालको मेम्बर भइसकेपछि उनी सोही फाउन्डेशनको मेम्बर बनेका छन् ।  

 

बीमा पोलिसी सरेण्डरमा अभिकर्ता नै मुख्य जिम्मेवार

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बढ्दै गएको पोलिसी सरेण्डरमा बीमा अभिकर्ताहरु नै मुख्य जिम्मेवार रहेको भट्टको भनाई छ ।  

‘बीमा क्षेत्रमा धेरै नै विकृति भित्रिएको छ, यसकारण सरेण्डर गर्नेको संख्या  ह्वात्तै बढेको छ, यसमा म अभिकर्ताहरु नै मुख्य जिम्मेवार देख्छु’ उनले भने, ‘बीमा कम्पनीहरुमा अहिले १० करोड प्रिमियम उठेको छ भने ८० प्रतिशत रकम सरेण्डर नै रहेको हुन्छ ।’

‘अभिकर्ताहरुले पनि बीमितलाई सरेण्डर गराएर नयाँ व्यवसायको रुपमा कन्भर्ट गराउने प्रवृत्ति छ, तर यसबाट बीमित आफैैंलाई घाटा छ’ उनले भने, ‘अभिकर्ताहरुले कमिसनको प्रलोभनमा ग्राहकको हितलाई वास्ता नगर्ने अवस्थाले गर्दा जीवन बीमा क्षेत्रमा सरेण्डरदर बढ्दै गएको हो ।’

यदि बीमा पोलिसी सरेण्डर गर्ने प्रवृत्ति नहट्ने हो भने बीमितहरुमा बीमाप्रति वितृष्णा फैलिन सक्ने उनको भनाई छ ।  

‘बीमालेख अवधि सकिएपश्चात् बीमितले बोनससहित बीमा रकम पाएमात्रै बीमितलाई हित हुन्छ, नत्र पोलिसी त्याग गर्दा उल्टै तिरेको प्रिमियम रकम समेत काटिएर प्राप्त हुन्छ’ उनले भने, ‘पोलिसी सरेण्डरदर घटाउन अभिकर्ताहरुको काँटछाँट हुन आवश्यक छ, बीमितलाई बीमाको महत्व बुभाउन सक्ने र कमिसनको लोभमा आर्थिक अवस्था नहेरी बीमा गराउने प्रवृत्ति हटाउनुपर्छ ।’

‘जीवन बीमा सबैलाई आवश्यक छ’

जीवन बीमा सबैले अनिवार्य गनुपर्ने उनी बताउँछन् । ‘न्यून आय भएकालाई बीमा आवश्यक छ नै अझ ठूला घरानाको ब्यापारीहरुले त झनै जीवन बीमा अनिवार्य नै गर्नैपर्छ’ उनले भने, ‘त्यस्ता ब्यक्तिहरुले बैंकबाट ठूलो ऋण लिएर ब्यापार व्यवसाय गरेका हुन्छन्, ब्यापार भनेको सधैं एकनासको हुँदैन यस्तो अवस्थामा जीवन बीमाले पछि राहत दिन सक्छ ।’

जीवन बीमाले जीवनको रक्षासँगै आर्थिक जोखिम बहन गर्ने हुनाले सबै खालका व्यक्तिले अनिवार्य रुपमा जीवन बीमा गर्नुपर्ने भट्टको धारणा छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X