शुक्रबार, असार १२,२०८३ 01:49:10
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:49:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हरियो धनिया र कागतीको मूल्यमा उच्च वृद्धि ,यस्तो छ अन्य तरकारीको भाउ

Laxmi Sunrise Bank Limited
हरियो धनिया र कागतीको मूल्यमा उच्च वृद्धि ,यस्तो छ अन्य तरकारीको भाउ

काठमाण्डौ । हरियो धनियाको मूल्य ६९ प्रतिशतले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज हरियो धनियाको औसत प्रतिकेजी मूल्य १२४ रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन हरियो धनियाको औसत प्रतिकेजी मूल्य १७६ रुपैयाँ थियो ।  

यस्तै आज लसुन हरियोको मूल्य १९ प्रतिशतले बढेर १८३ रुपैयाँ, खुर्सानी हरियो अकबरेको मूल्य १० प्रतिशतले बढेर ३२५ रुपैयाँ,खुर्सानी हरियो(बुलेट)१५ प्रतिशतले बढेर ११० रुपैयाँ, कागती ८० प्रतिशतले बढेर २५२ रुपैयाँ, तोफु २० प्रतिशतले बढेर १५६ रुपैयाँ, ब्रोकाउली २२ प्रतिशतले बढेर १३५ रुपैयाँ, तोरीको साग २१ प्रतिशतले बढेर ६६ रुपैयाँ, हरियो फर्सी डल्लो ५ प्रतिशतले बढेर १०० रुपैयाँ,फर्सी पाकेको ९ प्रतिशतले बढेर ६८ रुपैयाँ, चिचिण्डो २५ प्रतिशतले बढेर ५६ रुपैयाँ, भटमाशकोशा २८ प्रतिशतले बढेर १८० रुपैयाँ र मुला सेतो लोकल २७ प्रतिशतले बढेर २२ रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज गोलभेडा ठूलो नेपालीको औसत प्रतिकेजी मूल्य ६ प्रतिशतले बटेर ७० रुपैयाँ, गोलभेडा सानो लोकलको मूल्य १८ प्रतिशतले घटेर २२ रुपैयाँ, गोलभेडा सानो टनेल ९ प्रतिशतले घटेर ३४ रुपैयाँ, आलु रातो ५ प्रतिशतले घटेर ६६ रुपैयाँ, आलु सेतो २ प्रतिशतले घटेर ५२ रुपैयाँ, काउली स्थानिय ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, काउली स्थानिय(ज्यापु)९ प्रतिशतले घटेर १०० रुपैयाँ, मला रातो २२ प्रतिशतले घटेर ३५ रुपैयाँ, सेतो मुला(हाईब्रिड)८ प्रतिशतले घटेर २७ रुपैयाँ, भन्टा(लाम्चो)१३ प्रतिशतले घटेर ६५ रुपैयाँ, भन्टा डल्लो २१ प्रतिशतले घटेर ६६ रुपैयाँ, बोडी तने ३० प्रतिशतले घटेर ७६ रुपैयाँ, घिउ सिमी लोकल २० प्रतिशतले घटेर ७६ रुपैयाँ, घिउ सिमी हाईब्रिड १९ प्रतिशतले घटेर ७६ रुपैयाँ र घिरौला २५ प्रतिशतले घटेर ५६ रुपैयाँ कायम भएको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.