बुधबार, माघ २३,२०८१ 12:20:25
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:20:25
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डहरुले सेयरबजारमा थपे झण्डै २ अर्ब लगानी, कुनले कति ?

Hyundai Nepal
म्युचुअल फण्डहरुले सेयरबजारमा थपे झण्डै २ अर्ब लगानी, कुनले कति ?
Nabil Bank Limited

काठमाण्डौ । म्युचुअल फण्डहरुले सूचीकृत सेयर अर्थात सेयरबजारमा १ अर्ब ९५ करोड ४० लाख रुपैयाँ लगानी थप गरेका छन् । पुस महिनाको वित्तीय विवरणअनुसार ४२ म्युचुअल फण्डले मंसिर महिनाको तुलनामा ७.२१ प्रतिशतले सूचीकृत सेयरमा लगानी बढाएका हुन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

पुस महिनामा म्युचुअल फण्डहरुले कुल २९ अर्ब ६ करोड १८ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेका छन् । अघिल्लो महिनामा फण्डहरुले सेयरबजारमा २७ अर्ब १० करोड ७८ लाख रुपैयाँ लगानी गरेका थिए ।  

पछिल्लो समय सेयरबजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुले लगानीको दायरा बढाएका हुन् । फण्डहरुले लगानीसँगै नाफामा समेत सुधार गरेका छन्, जसकारण पुस महिनामा अधिकांश फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १० रुपैयाँ भन्दा माथि छ ।

दोस्रो बजारमा सुधारका संकेतहरु देखिन थालेसँगै सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुले लगानी थप्दै लगेका छन् । पुसमा एनआईबीएल प्रगति फण्डसहित ५ वटा म्युचुअल फण्डले मात्रै लगानी घटाएका छन् ।  

म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी थप्दै जाँदा धितोपत्र बजार पूँजीकरण करिब ३१ खर्ब पुगेको सेयर लगानीकर्ताहरु बताउँछन् । सामूहिक लगानी कोषले लगानीको दायरा बढाउँदै जाँदा नेप्से परिसूचक अझै बढ्न सक्ने बजार जानकार सरोज भट्टराई बताउँछन् ।  

‘सेयरबजारमा म्युचुअल फण्डहरुको ठूलो लगानी हिस्सा हुन्छ, महिनामै १ अर्ब भन्दा बढी लगानी थप्दै जाँदा नेप्से इन्डेक्स माथि जान सक्ने सम्भावना हुन्छ’ उनले भने, ‘केही महिनायता सेयरबजारमा सुधार देखिएको छ, म्युचुअल फण्डहरुले लगानीसँगै नाफा गरेका छन् र फण्डहरुको न्याभ पनि बढेको देखिन्छ ।’  

त्यस्तै, सेयरबजारमा देखिएको सुुधारका कारण सूचीकृत सेयरमा लगानी थपेको मर्चेण्ट बैंकरहरु बताउँछन् । बजार ह्वात्तै घटिहाल्ने अवस्था नभएको र बजारमा अझै सुधार हुने पक्षहरु देखिएकाले लगानी थप गरेको एनआईसी एशिया क्यापिटलका प्रमुख सञ्चालक अधिकृत (सीओओ) प्रज्ञ रत्न शाक्य बताउँछन् ।  

‘दुई–तीन महिनायता म्युचुअल फण्डहरुले बजारको अवस्थालाई हेरेर लगानी थपेका छन्, बजारमा सुधार देखिएको छ, जसकारण घाटा ब्यहोरेका फण्डहरु समेत नाफामा उक्लिएका छन्’ उनले भने, ‘एनआईसी एशिया क्यापिटलका पनि सबै फण्डहरुको सूचीकृत सेयरमा लगानीसँगै न्याभ र प्रोफिट पनि बृद्धि भएको छ, पछिल्लो मार्केटको अवस्थालाई हेरेर सबै फण्डले लगानी थपेको हुन सक्छ ।’  

त्यस्तै, प्रभु क्यापिटल लिमिटेडका सिइओ आसिस गौचनले पनि बजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुले लगानीको दायरा बढाएको बताएका छन् ।  

अर्ब भन्दा बढी लगानी गर्ने टप ६ म्युचुअल फण्ड  

पुस महिनामा ६ वटा म्युचुअल फण्डले अर्ब भन्दा बढी लगानी गरेका छन् । सबैभन्दा बढी एनआईबीएल एस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल सहभागिता फण्डले पुस महिनामा १ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । फण्डले मंसिरको तुलनामा ६।६४ प्रतिशतले लगानी बढाएको हो ।  

त्यस्तै, एनएमबी सरल बचत–ई फण्डले पनि १ अर्ब २१ करोड लगानी गरेको छ । सो फण्डले मंसिरको तुलनामा १०.५६ प्रतिशतले लगानी बृद्धि गरेको हो । त्यस्तै, यता सिद्धार्थ इक्विटी फण्डले पनि ३.७४ प्रतिशतले लगानी बढाएर पुसमा १ अर्ब १३ करोड रुपैयाँ लगानी गरेको छ ।  

साथै सानिमा इक्विटी फण्डले १ अर्ब ८ करोड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १ अर्ब ३ करोड रुपैयाँ र एनएमबी –५० ले १ अर्ब १ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।  

कुनले कति बढाए लगानी ?  

पुस महिनामा ४२ म्युचुअल फण्ड मध्ये ५ म्युचुअल फण्डको मात्रै लगानी घटेको छ । बाँकी ३७ वटा म्युचुअल फण्डले भने मंसिरको तुलनामा सेयरबजारमा लगानी बढाएको छ ।  

सबैभन्दा बढी हिमालयन ८०–२० ले २४३.२१ प्रतिशतले लगानी बढाएको छ । मंसिरमा ८ करोड ५९ लाख रुपैयाँ मात्रै सूचीकृत सेयरमा लगानी गरेको उक्त फण्डले पुस महिनामा २९ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले पनि २१.५८ प्रतिशतले लगानी बृद्धि गरेको छ । यता सिटिजन्स सुपर–३० म्युचुअल फण्डले २०.५४ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ ले १९.९१ प्रीतशत, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले १६.८४ प्रतिशत, नबिल फ्लेक्सी क्याप फण्डले १६.१९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले १५.३१ प्रतिशत, प्रभु स्मार्ट फण्डले १४.६७ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–३ ले १४.२४ प्रतिशत, मेगा म्युचुअल फण्ड–१ ले १२.७९ प्रतिशत, आरबीबी म्युचुअल फण्ड–२ ले १२.६८ प्रतिशत, सानिमा ग्रोथ फण्डले ११.४० प्रतिशत र एनएमबि सरल बचत–ई ले १०.५६ प्रतिशतले लगानी बढाएका छन् ।  

त्यस्तै, सनराईज फर्स्ट म्युचुअल फण्ड, कुमारी इक्विटी फण्ड, एनआईबीएल प्रगति फण्ड, कुमारी धनबृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाको लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.