शनिबार, फाल्गुन १०,२०८१ 04:45:45
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:45:45
IME remit
Global IME Bank Limited

सेयर बजारमा पैसाको पर्याप्तता भए मात्रै पुग्छ ? अरुभन्दा धेरै कमाउन के–कस्ता विषयमा ध्यान दिने ? यस्ता छन् सूत्र

Hyundai Nepal
सेयर बजारमा पैसाको पर्याप्तता भए मात्रै पुग्छ ? अरुभन्दा धेरै कमाउन के–कस्ता विषयमा ध्यान दिने ? यस्ता छन् सूत्र
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा पैसा लगानी गर्नु कुनै असजिलो काम होइन। तर, लगानीबाट धेरैभन्दा धेरै नाफा निकाल्नु चाहिँ सजिलो छैन। विश्वभरका लगानीकर्ता सेयर बजारमा विशेषगरी ३ रुपमा सहभागी भएका छन्। पहिलो लगानीकर्ताका रुपमा र दोस्रो कारोबारीका रुपमा। अर्को इन्भेस्टर तथा ट्रेडरको संयुक्त रुपमा।

ट्रेडरहरुले आफ्नो लगानीमा कति प्रतिशत मुनाफा निकाल्ने हो, त्यो उनीहरुको लगानीको कौशलतामा भर पर्छ। इन्भेस्टरहरुले फन्डामेन्टल र ट्रेडरहरुले टेक्निकल पक्ष हेर्ने गर्छन् ।

सेयर बजारमा वित्तीय ज्ञान र लगानीको सीप जति धेरै भयो सफल हुने सम्भावना पनि बढी हुन्छ। अरुको सिफारिस र हल्लाका भरमा लगानी गर्दा नोक्सानको सम्भावना पनि बढेर जान्छ।

सफल ट्रेडर कसरी बन्न सकिन्छ त ? यसबारेमा संसारमा धेरै पुस्तकहरु लेखिएका छन्। तिनै पुस्तकहरुमध्ये मार्क क्रिप्सको ‘सेभेन ह्याबिट अफ अ हाइली सक्सेसफुल ट्रेडर’ पनि एउटा हो। सफल ट्रेडर बन्न यस पुस्तकले ७ सूत्र प्रदान गरेको छ। मार्ककै पुस्तकमा आधारित सफल ट्रेडरका लागि ७ सूत्र यस प्रकार छन् ः

१. सम्पूर्ण जिम्मेवारी वहन गर्ने

मार्क भन्छन्– ‘सेयरमा गरेको सम्पूर्ण लगानीको जिम्मा स्वयं आफूले लिनुपर्छ।’

सेयर बजार कुनै ट्रेडरको हातमा मात्र हुँदैन्। सेयर बजारलाई सरकारका नीतिनियम, राजनीति, समाचार तथा अन्य विविध पक्षले प्रभाव पारिरहेको हुन्छ। सकारात्मक तथा नकारात्मक प्रभाव पारिरहेको हुन्छ। यदि हामीले गरेको लगानीमा घाटा वा नाफा हुन्छ, त्यसको सम्पूर्ण जिम्मेवारी भने आफूले नै वहन गर्नुपर्छ। घाटाको दोष अरुलाई दिन थाल्ने हो भने हामी सफल सेयर व्यापारी बन्न सक्दैनौँ।  

इन्साइडर ट्रेडिङ होस् वा हल्ला यिनिहरुका बीचमा हामीले उचित रणनीति बनाएर नाफा कमाउनुपर्छ। बजारको मनोविज्ञानलाई क्यास गर्दा कहिलेकाहीँ घाटा पनि हुनसक्छ।  

मार्क भन्छन्– ‘आफ्नो नियमलाई पछ्याउनुहोस्। तेस्रो पक्षलाई सोध्ने काम बन्द गर्नुहोस्। आफ्नो नियम र योजनाको समीक्षा गर्नुहोस्।’

यदि तपाइँले आफ्नो नियम र योजनालाई फ्लो गर्न सक्नुभएको छैन भने किन रु जब तपाइँलाई तेस्रो पक्षको सल्लाह आवश्यक पर्दैन तब फेरि सेयर खरिदबिक्री गर्न थाल्नुहोस्।

२. सिस्टम

सफल लगानीकर्ता बन्न पहिले हामीसँग एउटा सिस्टम हुन आवश्यक छ। के हामीसँग लगानीको सही सिस्टम छ ? छैन भने कुनै दिन हामी ठूलो घाटासहित बजारबाट बाहिर निस्कनुपर्ने हुन्छ। व्यापार गर्नुअघि उचित प्रकारको प्रणाली तयार गर्नुपर्छ। त्यही प्रणालीमा रहेर सेयर कारोबार गरियो भने धेरै नाफा हात पार्न सकिन्छ।

अर्को भाषामा भन्दा हामीसँग सेयर कारोबारको योजना चाहिन्छ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

मार्कका अनुसार आफ्नो योजनाका बारेमा आफूलाई यी प्रश्नहरु सोध्नुहोस्–

–म वार्षिक प्रतिफल कति प्रतिशत चाहन्छु ?

–म पूर्णकालीन ट्रेडर हो कि अल्पकालीन ?

–सेयर खरिदबिक्रीको समयमा घाटालगायतका अन्य कारणले आउने व्यापारिक तनावलाई सहन र समाधान गर्न सक्छु ?

–सेयर बजारसम्बन्धी मैले के–कति पुस्तकहरु पढेको छु ? तालिम र अनुभव कति छ ?

३. व्यापारको योजना र योजनाको व्यापार

मार्केटमा हरेक पटक स्क्रिप्टहरु किन्दा योजना बनाएको हुनुपर्छ। योजनामा व्यापार गर्नुपर्छ भने हरेको योजनाको पनि व्यापार गर्नुपर्छ।

रिस्क, रिवार्ड र स्टप लस आदिको स्पष्ट योजना हुनपर्छ।

भावनामा बगेर व्यापार गर्न हुन्न। भावनामा नबगी सेयरको बारोबार गर्ने एकमात्र तरिका हो, योजनाप्रति अनुशासन। सेयरको दुनियाँमा सफलमध्ये तपाइँ पनि एक बन्न चाहनुहुन्छ भने योजनालाई अनुशासनपूर्वक कार्यन्वयन गर्नु नै हो।

मार्कको भनाइ छ–‘हरेक व्यापारको योजना बनाउनुहोस् र हरेक योजनामाथि व्यापार गर्नुहोस्।’

४. निरन्तर अध्ययन

सेयर बजार पनि अन्य व्यापार जस्तै हो। यसलाई पनि राम्रोसँग र निरन्तर गर्न अध्ययन तथा अनुसन्धानको आवश्यकता छ। सफल ट्रेडर बन्न सिकाइको प्रक्रियालाई कडा रुपमा जारी राख्नुपर्ने तर्क छ मार्कको।  

मार्कले भनेजस्तै निरन्तरको सिकाइले हामीलाई बजारको ट्रेन्ड, ट्रेडरहरुको मनोविज्ञान, कम्पनीहरुको गतिविधि, देशको आर्थिक गतिविधि, राजनीति र तिनले सेयर बजारमा पार्न सक्ने प्रभावको बारेमा थाहा हुन्छ।  

कुनै पनि कम्पनी वा सेयरको बारेमा समाचार आएर थाहा पाउनुभन्दा समाचार आउन सक्ने कुरा पहिले नै सूचना पाउनु सफल ट्रेडरको खुबी हो। अग्रिम सूचनाले घाटाबाट बच्न सकिन्छ।

ट्रेडरले फन्डामेन्टल तथा टेक्निकल कुरा त जान्नै पर्छ। यसका अलवा बजारको मनोविज्ञान झन धेरै जान्नुपर्छ।

सेयर बजारमा सफल बन्न कति वर्ष लाग्छ भन्ने कुराको यकिन नभए पनि मार्कले चार वर्षको समयलाई तयारी र व्यापार सुरु गर्न उचित हुने सिफारिस गरेका छन्।

पहिलो वर्ष

क. सेयर बजार तथा सेल्फ हेल्पसँग सम्बन्धित केही पुस्तकहरु पढनुहोस्। जसले तपाइँको व्यक्तित्व सेयर बजारका लागि उपयुक्त छ कि छैन भनेर थाहा पाउन मद्दत गर्छ।

ख. सेयर बजारसम्बन्धी तालिम र सेमिनारहरुमा सहभागी बन्नुहोस्। वित्तीय विवरणहरु पढ्न र चार्ट प्यार्टनहरु बुझ्न सक्ने हुनुहोस्।

यी दुवै काम गर्दा सेयर बजार आफ्ना लागि उपयुक्त छैन जस्तो लाग्छ भने ट्रेडर नबनी आफूसँग भएको बचत ब्लुचिप कम्पनीमा लगानी गर्नुहोस्। एक वर्षको सिकाइले सेयर कारोबारसँग आफ्नो व्यक्तित्व मिल्छ कि मिल्दैन भन्ने कुरा थाहा पाइन्छ। हामीले बुझिराख्नुपर्ने कुरा के छ भने व्यवसाय र व्यक्तित्व मिलेन भने सफल हुन सकिँदैन।

दोस्रो वर्ष

क. थोरै लगानीबाट सेयर कारोबार गर्न सुरु गर्नुहोस्। यो सिकाइको समय हो।

ख. अध्ययन, तालिम, सेमिनार र सफल ट्रेडरहरुसँग छलफल गरिरहनुहोस्।

ग. आफूलाई सहज हुने आफ्नै प्रकारको ट्रेडिङ शैली विकास गर्नुहोस्।

घ. आफ्नो रणनीतिहरु सही भए कि भएनन् समीक्षा गरेर अघि बढ्नुहोस्।

ङ. ट्रेडिङमा आफू सफल हुन्छ भन्ने निश्चित भएमा लगानी बढाउनुहोस्।

पैसा कमाउनु वा गुमाउनुभन्दा पनि आफ्नो योजनालाई फ्लो गर्नु महत्वपूर्ण हो। कति रकमबाट कारोबार सुरु गरियो भन्दा यी प्रश्नहरु आफूलाई सोध्नुहोस्–

–पैसा कम हुँदा मेरो प्रतिक्रिया कस्तो हुन्छ ?

–के म मेरा नियमहरुलाई पछ्याउन सक्छु ?

–के मेरो योजनाले कारोबारका लागि लामो समयसम्म काम गर्न सक्छ ?

बजार डाउन भएर पोर्टफोलियोमा धेरै घाटा देखियो भने हामी कसरी सोच्दछौँ र घाटालाई कम गर्न पूरक योजना कस्तो बनाउन सक्छौँ रु यसबारेमा पनि अग्रीम रुपमा पेपर वर्क भएको हुनुपर्छ।

तेस्रो वर्ष

सानोतिनो घाटामा पनि खेल खेलिरहनुहोस् जति तपाइँको रिस्क लिने क्षमता छ। जोखिमलाई व्यवस्थापन गर्दै अघि बढ्नुहोस्।

आफूसँग बचत रकम छ भने लगानी बढाउँदै लैजान सकिन्छ।  

चौथो वर्ष  

के तपाइँ चौथो वर्षमा आइपुग्दा पनि कारोबार गरिरहनुभएको छ ? यदि नाफामा कारोबार गरिरहनुभएको छ भने आफूलाई सक्षम कारोबारीका रुपमा प्रमाणित गरिसक्नुभएको छ।

अब फेरि पनि जोखिम र नाफाको बीचमा खेलिरहन सक्छु भन्ने लाग्छ भने थप रकम लगानी गरेर अघि बढ्न उचित हुन्छ।

नाफा लिएर पनि थाक्नुभयो भने सेयर बजारबाट सुरक्षित रुपमा निस्कनु उचित हुनसक्छ। तर, ४ वर्षको एउटा चक्रमा तपाइँ जोखिमहरुकै बीचमा पनि नाफा निकाल्न सक्षम भइसकेको हुनुहुन्छ।

५. सकारात्मक आत्मविश्वास

‘सबै सत्य कुराहरु हजारौँ पटक सोचिसकिएका छन्। तर, ती सत्य कुराहरुलाई आफ्नो बनाउन हामीले इमान्दारपूर्वक फेरि एकपटक सोच्नुपर्छ। जबसम्म तिनीहरुले हाम्रो व्यक्तिगत अनुभवहरुमा जरा गाड्दैनन्।’– गोएथे

मार्कले गोएथेको कुरालाई सन्दर्भ राख्दै के भन्छन् भने प्रणालीमात्रै राम्रो बनाएर हुँदैन, त्यसलाई पालना गर्ने कडा अनुशासन पनि चाहिन्छ। सही प्रणालीलाई अनुशासनसँग पालना गर्दै जाँदा सकारात्मक आत्मविश्वासको विकास हुँदै जान्छ।

जब हामीलाई हाम्रो काममा शंका लाग्छ तब प्रणालीमाथि मूल्यांकन गर्नपर्छ। आफ्नो पनि मूल्यांकन गरिहाल्नुपर्छ।

सेयर कारोबार भावनामा बहकिने चिज होइन, यो त सही प्रणाली निमार्ण गरेर अनुशासनसहित निरन्तर गरिरहने एक वित्तीय प्रक्रिया हो। यसैले सफल ट्रेडर हुनका लागि सकारात्मक आत्मविश्वास राख्नुपर्दछ।

६. कारोबार अंकलाई स्कोरका रुपमा लिनुहोस्, पैसाका रुपमा होइन

मार्क भन्छन्–‘आफ्नो समय पालनाको नियमलाई आत्मविश्वासका साथ पछ्याउनुहोस् र अरु कुरालाई बिर्सिदिनुहोस्।’

उनका अनुसार सेयर अंकको खेल हो। तर, यसलाई पैसाको रुपमा नभई स्कोरको रुपमा हेर्नुपर्छ। उनी भन्छन्– ‘के मैले मेरो नियमअनुसार सेयर किन्ने, बेच्ने र होल्ड गर्ने गर्नुपर्छ ?

आफ्नो योजनाअनुसारको रकम लगानी गर्नु रिस्क तथा रिवार्डको लाइन तयार गर्नु। स्टप लसको विन्दु फिक्स गर्नु आदि नियमभित्र पर्छन्। घाटा काट्नुहोस्। नाफालाई चल्न दिनुहोस् र बजारको प्रवृतिमा व्यापार गर्नुहोस्।

७. सन्तुलित जीवनको अंशका रुपमा सेयर कारोबार गर्नुहोस्

सेयर कारोबार सफल होस् वा नहोस् तर यो तनावपूर्ण क्यारियर हो। सेयर कारोबारमा नाफा कमाउने जतिकै गुमाउने पनि सम्भावना हुन्छ। जस्तोसुकै परिस्थितिमा पनि हामीले सन्तुलित रुपमा आफ्नै विवेकले काम गर्नुपर्छ।

लगानीमा ठूलो जोखिम हुँदाहुँदै पनि सफल ट्रेडरहरुले कसरी सन्तुलित राख्छन् ?

क. उनीहरुले धेरै अगाडि जिम्मेवारी लिने निर्णय गरेका हुन्छन् र काम गर्न सुर गर्छन्।

ख. उनीहरुसँग आफूसँग मिल्ने प्रणाली हुन्छ।

ग. उनीहरु प्रत्येक ट्रेडमा उत्कृष्ट योजना बनाउँछन्।

घ. उनीहरुले प्रणालीमा काम गरेका हुन्छन् र त्यसलाई निरन्तरता दिन्छन्।

ङ. उनीहरुलाई आफ्नो प्रणाली र आफूप्रति विश्वास छ। र, त्यसलाई कार्यन्वयन गर्ने कौशल पनि सिकेका हुन्छन्।

च. अंकको खेलका रुपमा काम गर्छन्।

छ. उनीहरुले पहिले नै सिकिसकेका छन् कि एक्लै बजारलाई नियन्त्रण गर्न सकिँदैन।

सेयर कारोबार पनि जीवनको अन्य कुनै पक्षभन्दा फरक छैन। कहिले शिखरमा पुगिन्छ त कहिले पतालमा। सफलताका लागि एउटा निश्चित समय गुर्जान नै पर्छ। सेयर बजारबाट रातारात धनी बन्न सकिँदैन। तर, जीवनलाई सन्तुलित राख्दै काम गर्न सकियो भने १० वर्षको समयावधिमा राम्रो नाफा आर्जन गर्न सकिन्छ। ३० वा ४० प्रतिशत नाफा कमाउन मुस्किल छैन। तर, निरन्तर सिक्न, चार्ट हेर्न, बजारको विश्लेषण गर्न र कारोबार गर्न छाड्न हुँदैन।

जर्बजस्ती कमाउनेभन्दा पनि लाभदायक र सफल कारोबार गर्ने प्रयास गर्नुपर्छ।  

मार्कका अनुसार सफल र लाभदायक व्यापारभित्र यी ४ कुरा पर्दछन्–

क. बुझेर गरिएको

ख. धेरै समय र श्रम खर्च गर्न नपर्ने  

ग. सरल

घ. तनावमुक्त

अन्त्यमा

मार्क क्रिप्सका सिद्धान्तलाई फ्लो गरेर हामी सफल ट्रेडर बन्न सक्छौँ। वा, उनको सिद्धान्तबाट पाठ सिकेर हामीले नयाँ सिद्धान्त तयार गर्न पनि सक्छौँ। पैसामात्र लगानी गरेर सेयर कारोबारबाट नाफा कमाउन सकिँदैन। नबुझी गरिएको लगानी डुब्न सक्छ। बजार यति बृहत हुन्छ कि तपाइँको जति पैसा पनि खाइदिन सक्छ। यदि नाफा बुक गर्ने नै हो भने पहिले सिक्ने, बुझ्ने अनि लगानी गर्ने गर्नुपर्छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.