काठमाण्डौ । नागढुङ्गा–नौविसे सडक खण्ड अबरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको हो ।
धुनीवेशी नगरपालिका–९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लेदो सहितको पहिरो आउँदा बिहानैदेखि सडक अबरुद्ध भएको छ । अहिले सडकको दुबैतर्फको यातायात बन्द रहेको छ ।
यसका कारण राजधानीबाट बाहिरिने तथा प्रवेशका लागी आएका सवारीका साधनहरुको लामो जाम लागेको छ । यतिबेला पहिरो पन्छाउने कार्य भईरहेको छ ।