बुधबार, असार १८,२०८२ 05:00:34
  • बुधबार, असार १८,२०८२ 05:00:34
Global IME Bank Limited

आम्दानी घट्दा चिलिमे हाईड्रोको नाफामा १५.४९% को संकुचन,प्रतिसेयर आम्दानी कति ?

Hyundai Nepal
आम्दानी घट्दा चिलिमे हाईड्रोको नाफामा १५.४९% को संकुचन,प्रतिसेयर आम्दानी कति ?
Nabil Bank Limited

काठमाण्डौ । चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडको आम्दानी घट्दा मुनाफा प्रभावित बनेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ६१ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३.८५ प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ६२ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

त्यस्तै,कम्पनीको वित्त आयमा पनि कमी आएको छ । कम्पनीको वित्त आय १०.१५ प्रतिशतले घट्दै ८ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । आम्दानी घट्दा कम्पनीको मुनाफा समेत घटेको छ । समीक्षा अवधिसम्म कम्पनीले ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको ४० करोड १२ लाख रुपैयाँको तुलनामा ५.५० प्रतिशतले कम हो । कम्पनीको सञ्चित नाफा १५.४९ प्रतिशतले घट्दै २ अर्ब ५३ करोडमा खुम्चिएको छ ।  

गत आवको यसै अवधिको तुलनामा कम्पनीको बैंक मौज्जाद न्यून हुँदा र ब्याजदरमा पनि कमी आएकाले कम्पनीको ब्याज आम्दानी १ करोड ६४ लाख अर्थात १६.६९ प्रतिशतले घटेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी)इपीएस) ९.४० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.२० गुणा,प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३९.५८ रुपैयाँ र तरलता अनुपात ९.३९ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.