शनिबार, आश्विन २४,२०८३ 04:45:10
Bizshala
  • शनिबार, आश्विन २४,२०८३ 04:45:10
Bizshala
Global IME Bank Limited

कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण

Bizshala
कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण
New Office

काठमाण्डौ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  

नियमिततर्फ २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थी संख्याको ५२.९१ प्रतिशत हुन आउँछ । कक्षा १२ को परीक्षामा कुल ३ लाख ८५ हजार ६३२ सहभागी भएका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१ लाख ८७ हजार २१ विद्यार्थी विद्यार्थी एनजीमा परेका छन् । जसमा छात्र ४७ प्रतिशत र छात्रा ४९ प्रतिशत रहेका छन् । परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना छात्र र १ लाख ९६ हजार ५ सय जना छात्रा सहभागी थिए । कुल छात्रमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परेका छन् भने १ लाख २ हजार ८ सय ३२ जनाले मात्र ग्रेड प्राप्त गरेका छन् ।  

कुल छात्रामध्ये ९५ हजार ५ सय ४ जना एनजीमा परेका छन् भने १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।

परीक्षामा सहभागी हुने छात्र भन्दा छात्राको संख्या बढि थियो । दुई बिषयसम्म नन्ग्रेडिङमा परेका विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् । दुई भन्दा बढी बिषयमा एनजीमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै बार्षिक परीक्षामा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.