सोमबार, श्रावण १८,२०८३ 09:44:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:44:48
Bizshala
Global IME Bank Limited

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बनायो २६.५०% को लाभांश क्षमता, एनपीएल उछालको गतिमा बढ्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बनायो २६.५०% को लाभांश क्षमता, एनपीएल उछालको गतिमा बढ्यो
New Office

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६.५० प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  

आइतबार बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो।  

हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो हिसाबले बैंकले यो आर्थिक वर्षका लागि २६.५० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको हो । 

गत वर्षको यही अवधिमा भने बैंकको लाभांश क्षमता २८.७५ प्रतिशत रहेको थियो । लाभांश क्षमतामा सामान्य गिरावट आउनु पछाडिको मुख्य कारण बैंकले व्यवसाय बिस्तार  गर्न नसक्नु देखिन्छ ।  

समीक्षा अवधिमा ५ अर्ब १५ करोड खूद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।  

समीक्षा अवधिका लागि बैंकको खूद नाफा ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ करोडले कम हो ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी  ३५.०९ रुपैयाँ, पीई अनुपात १७.१६ गुणा, प्रतिसेयर नेटवर्थ  २१८.०४ रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब बढी निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप घटे पनि लोन भने बढेको देखिएको छ ।  

बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा २१ करोड ६१ लाख छुट्याएको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५९ करोड ८२ लाख रुपैयाँ छुट्याउनु परेको थियो । इम्पेयरमेन्ट चार्ज घटेका कारण समेत बैंकको नाफा विषम परिस्थितिमा पनि राम्रो आएको र निकै राम्रो लाभांश क्षमता बनाएको देखिन्छ ।  

अघिल्लो वर्षको यही अवधिमा १.१८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.१४ प्रतिशत पुगेको छ । यो बैंकको वित्तीय स्वास्थ्यका लागि राम्रो संकेत होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.