शुक्रबार, श्रावण २९,२०८३ 11:04:49
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:04:49
Bizshala
Global IME Bank Limited

समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?

Prabhu Bank Limited
समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३२.३४ प्रतिशतले घटेको छ । संस्थाले गत आव २०८०÷८१ को चौथौ त्रैमाससम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने संस्थाले ७५ लाख ८२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी ६० लाख २२ हजार रुपैयाँबराबर रहेको छ ।  

यस्तै संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँ रहेको छ ।  

CG Motors

संस्थाको निक्षेप संकलन १४ करोड ४६ लाख रुपैयाँबाट बढेर १६ करोड ५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्जा प्रवाह पनि ३९ करोड ९९ लाख रुपैयाँबाट बढाएर ४४ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।  

संस्थाले रिजर्भको आकार भने ३०७९ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ लाख ३४ हजार रुपैयाँ रहेको रिजर्भको आकार २ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ४.८२ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९.९६ रुपैयाँ र तरलता अनुपात ३.६७ प्रतिशत कायम भएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.