शनिबार, फाल्गुन १०,२०८१ 04:43:18
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:43:18
IME remit
Global IME Bank Limited

बढ्दो बजारमा राम्रा ब्रोकर र कम्पनी कसरी छान्ने ? यस्ता छन् तरिका

Hyundai Nepal
बढ्दो बजारमा राम्रा ब्रोकर र कम्पनी कसरी छान्ने ? यस्ता छन् तरिका
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजारले राम्रै गति लिएको छ । कोभिडको समयमा दैनिक उछाल आएको सेयर बजारमा अहिले त्यही नै झल्को दिने गरि कारोबार भईरहेको छ । समग्रमा सेयर बजार न्यून विन्दुबाट ३५ प्रतिशत भन्दा बढीले बढेको छ । सेयर बजार बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । यस्तो समयमा लगानीकर्ताहरुले कम्पनी र ब्रोकर छनौट गर्दा निकै सजग हुनुपर्ने हुन्छ । सेयर बजार बढ्दा सबै कम्पनीको सेयरमूल्य बढ्ने गर्छ । खासगरि बुल  बजारमा राम्रा कम्पनी भन्दा नराम्रा कम्पनीको सेयरमूल्य बढी बढ्ने गर्छ ।  

विश्व सेयर बजारका चर्चित लगानीकर्ता वारेन बफेट् भन्छन‘तपाईले यदि घोडाको दौड हेर्नु भयो भने दौडको सूरुवाति चरणमा स्वस्थ घोडा भन्दा अस्वस्थ घोडा छिटो दौडिन्छ । तर अन्त्यमा दौड स्वस्थ घोडाले नै जित्छ ।’ बफेटका अनुसार सेयर बजार पनि घोडाको दौड जस्तै हो । बुलको सुरुवातमा सेयर बजारमा राम्रा कम्पनीले भन्दा खराब कम्पनीको सेयरमूल्य तीव्र गतिमा बढ्छ । तर वियरिस बजारमा त्यस्ता कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले बढी नोक्सानि व्यहोर्ने गर्छन् । त्यस्ता कम्पनीलाई बफेटले स्वस्थ घोडा को संज्ञा दिएका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

दैनिक बढेको बजारमा कम्पनी कसरी छान्ने ?

ब्लुचिप कम्पनी अर्थात चाहेको बेला बिक्री गर्न सकिने कम्पनी

ब्लुचिप कम्पनी भनेका त्यस्ता कम्पनी हुन्, जुन लगानीकर्ताले भविष्यमा नगद आवश्यक परेको अवस्थामा तुरुन्तै बिक्री गर्न सकिन्छ । उदाहरणका लागि २२० दिनको सेयर कारोबारमा २०० दिन भन्दा बढी सेयर कारोबार भएका कम्पनी । त्यसैगरि, वियरिस बजारमा पनि दैनिक १० हजार भन्दा बढी कित्ता सेयर कारोबार हुने कम्पनीलाई ब्लुचिप कम्पनी मानिन्छ ।  

लाभांश दर उच्च भएका कम्पनी  

सेयरमा लगानी गरेर २ प्रकारका आम्दानी हुने गर्छ । नगद तथा बोनस र पूँजीगत लाभ । कम्पनीले हरेक वर्ष आम्दानी गरेर लगानीकर्ताहरुलाई लाभांश दिने गर्छन् । त्यस्तो लाभांश नगद तथा बोनस हुने गर्छ । लगानीकर्ताले सेयरमा लगानी गर्दा हरेका आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गर्ने कम्पनी छनौट गर्नु पर्छ । अझै राम्रो भनेको दशैं अघिसम्म लाभांश दिने कम्पनी छनौट गर्नु पर्छ । यसले लगानीकर्तालाई दशैंं तथा तिहारको खर्च पनि जुटाउन सहज हुने गर्छ । आफुले किने पछि सेयरको भाउ बढेमा पूँजीगत लाभ पनि हुने गर्छ ।  

रिर्टन अन इक्विटी बढ्दै गएका कम्पनी  

कम्पनी छनौट गर्दा लगानीकर्ताले मुख्य ध्यान दिनुपर्ने अर्को विषय भनेको कम्पनीकहो रिर्टन अन इक्विटी पनि हो । कम्पनी छनौट गर्दा लगानीकताले हरेक त्रैमासिक प्रतिवेदनमा रिर्टन अन इक्विटी बढ्दै गएको कम्पनी छान्नु पर्छ । यो भनेको कम्पनीले पूँजी बढाउँदै जाँदा कति ब्यापार बढायो भनेर लगानीकर्ताले थाहा पाउने वित्तीय सूचक हो ।  

त्यसैले, लगानीकर्ताहरुले रिर्टन अन इक्विटालाई हरेक त्रैमासिक प्रतिवेदनमा ख्याल गर्नुपर्छ । कतिपय खराब कम्पनीहरुले त्रैमासिक प्रतिवेदनमा रिर्टन अन इक्विटी लुकाएका पनि हुन्छन् । किनकी यो भनेको उनीहरुको कमजोरी हो ।  

मूल्य आम्दानी अनुपात कम भएका कम्पनी  

यो भनेको कम्पनी कति सस्तो अथावा महंगो भयो भनेर थाहा पाउने अनुपात हो । यदि मूल्य आम्दानी अनुपात कम छ भने त्यो कम्पनीको सेयर भाउ भविष्यमा बढ्न सक्ने सम्भावना रहन्छ । अन्तराष्ट्रिय बजारमा १७ आसपास मूल्य आम्दानी अनुपात भएका कम्पनीलाई सस्तो कम्पनी मानिन्छ ।  

उच्च नेटवर्थ र प्रतिसेयर आम्दानी भएका कम्पनी  

लगानीकर्ताहरुले लगानी गर्दा जहिले पनि उच्च नेटवर्थ भएको कम्पनी छान्नु पर्छ । प्रयाँः एक सय भन्दा माथि नेटवर्थ र प्रतिसेयर आम्दानी २५ भन्दा माथि भएका कम्पनी राम्रो मानिन्छ ।  

 सञ्चालक समिति  

लगानीकर्ताहरुले लगानी गर्दा कम्पनीका सञ्चालकको पृष्ठभूमि र उनीहरुको शैक्षिक योग्यता तथा कम्पनीको सञ्चालनको राम्रो अनुभव भएका कम्पनी छनौट गर्नु पर्छ । प्राय कम्पनीमा कर्मचारी हड्ताल , मुद्दा मामिला परेका कम्पनी छनौट गर्नु हुन्न ।  

ब्रोकर कसरि छान्ने ?

बढ्दो बजारमा धेरै लगानीकर्ताहरुले ब्रोकरले समयमा फोन नउठाएको तथा बेचेको पैसा समयमा नआएको गुनासो धेरै गरेको सुन्ने गरिन्छ । सकेसम्म ब्रोकर छनौट गर्दा आफूलाई पायक पर्ने ब्रोकर नै छनौट गर्नुपर्ने हुन्छ । यसो गर्दा जति धेरै ब्रोकरसँग नजिक भईयो त्यति नै सहज हुन्छ । त्यसैले ब्रोकरसँग मित्रवत र समधुर सम्बन्ध कायम राख्नुपर्छ । हरेका साता आफ्नो ब्रोकरलाई भेट्नु पनि पर्छ । भेट्ने फुसर्द नभए फोन सम्पर्कमा रहिरहनुपर्छ ।  

बजारमा चलेका कम्पनी सम्बन्धि जानकारी लिन टप १० ब्रोकर उपयुक्त हुन्छन् । राम्रो सल्लाह र सेवाका लागि भने साना तथा मझौला ब्रोकर उपयुक्त हुन सक्छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.