शनिबार, चैत्र १,२०८१ 12:12:41
IME remit
  • शनिबार, चैत्र १,२०८१ 12:12:41
IME remit
Global IME Bank Limited

भारतमा लन्च हुँदै १० लाखदेखि ५ करोडसम्मका कार, नेपालमा कुन-कुन आउँदैछन् ?

Hyundai Nepal
भारतमा लन्च हुँदै १० लाखदेखि ५ करोडसम्मका कार, नेपालमा कुन-कुन आउँदैछन् ?
Nabil Bank Limited

भारतमा २०२४ मा थुप्रै नयाँ कारहरु लन्च भएका छन्। टायरलाई अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई थुप्रै नयाँ विकल्प दिँदै यी कारहरु लन्च गरिएका हुन्। अगस्ट महिना सुरु भएसँगै कार निर्माताहरुले आफ्ना नयाँ कार लन्चको तयारी गरिरहेका छन्।

टाटा मोटर्सदेखि मर्सिडिज एएमजीसम्मका कारमा ग्राहकले केही न केही नयाँपन पाउनेछन्।

Shivam Cement
Bizshala
CG Motors

जुन २०२४ को अगस्टमा लन्चको तयारीमा रहेका नयाँ कारहरु यी हुन् हेर्नुहोस्:

२०२४ निसान एक्स-ट्रायल

२०२४ निसान एक्स(ट्रायल यही अगस्टको १ गते भारतमा लन्च भएको छ। यो कारलाई पूर्ण रुपमा सीबीयुको रुपमा भारतमा ल्याइएको हो। एक दशकभन्दा लामो अवधिपछि भारतमा ल्याइएको यो कार १.५ लिटर टर्बो(पेट्रोल इन्जिनको हो। यसको मूल्य झण्डै ५० लाख भारु पर्ने बताइएको छ।

(मूल्य ५० लाख भारु)

सिट्रोन बसल्ट

सिट्रोन बसल्ट एसयुभी अगस्ट २ मा औपचारिक रुपमा लन्च भएको छ। र यसले लन्चको तयारीमा रहेको टाटा कर्भलाई कडा प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ। यो कारमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन रहेको बताइएको छ। साथै १०।२५ इन्चको डिस्प्ले स्क्रिन पनि यसमा उपलब्ध छ। जसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका सुविधा पनि उपलब्ध छन् । 

(मूल्य स् १० देखि १५ लाख भारु)

टाटा कर्भ ईभी

टाटा मोटर्सले पहिलो पटक कर्भ ईभीको अवधारणा भारतमा २०२२ को अप्रिलमा सार्वजनिक गरेको थियो। जुन कार अगस्ट ७ मा भारतमा लन्चको तयारीमा छ। र जसलाई भारतीय कम्पनीले लेटेस्ट ईलेक्ट्रिक एसयूभी बनाउने तयारी गरेको छ।

साथै यसले सिंगल चार्जमा ५०० किमीको रेन्ज सुविधा दिने अपेक्षा गरिएको छ। र एडीएएस जस्ता फिचर पनि यसले दिने अपेक्षा गरिएको छ। (२० देखि २४ लाख भारु)

महिन्द्रा थार रक्स

वहुप्रतिक्षित मानिएको महिन्द्रा थार रक्सलाई भने अगस्ट १५ मा भारतमा लन्चको तयारी गरिएको छ। थारको ठूलो भर्सनमा २।२ लिटर डिजेल र २ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प छ । यसवाहेक यो कारमा फराकिलो डिस्प्ले स्क्रिन सिस्टमसहित क्लाइमेट कन्ट्रोल, ६ वटा एयरब्याग साथै ३६० डिग्रीको क्यामेरा लगायतका फिचर उपलब्ध छन्। ९१२ देखि १५ लाख भारु०

मर्सिडिज एएमजी जिएलसी ४३ कुप

लग्जरी कारको रुपमा मर्सिडिज एएमजीको मूल्य ६० लाख भारुभन्दा बढी पर्ने बताइएको छ। जुन कार अगस्टको दोस्रो सातामा लन्च हुने बताइएको छ। यो कार जिएलसी लाइनअपमा टप स्पेक भेरिएन्ट हुन्छ । साथै यसमा २ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ। (करिब ९० लाख भारु)

लेम्बोर्घिनी उरुस एसई

सबैभन्दा महंगो कारको रुपमा भारतमा यो कार यही अगस्ट महिनाभर लन्च हुनेछ । र यो कम्पनीको पहिलो प्लग इन हाइब्रिड स्पोर्ट्स एसयूभी पनि हो। जसमा २५.९ किलोवाट ब्याट्री प्याकसहित प्लग इन हाइब्रिड सिस्टम ४ लिटर ट्विन टर्बो भि ८ पेट्रोल इन्जिन जडान हुन्छ। (९४ करोड ९० लाखदेखि ५ करोड भारु)

यसैबीच अगस्टको अन्तिम साता नेपालको राजधानी काठमाडौंमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो’ आयोजना गर्दैछ। हरेक वर्ष आयोजना गरिने यस प्रदर्शनीमा पछिल्ला वर्षहरुमा नयाँ मोडलका र विद्युतीय सवारीहरु पनि प्रदर्शनीमा राख्ने गरिएको छ।

भारतीय कम्पनीले यही अगस्टमा लन्च गरेका र लन्चको तयारीमा रहेका १० लाखदेखि ५ करोड भारुसम्मका यी आकर्षक गाडीहरुमध्ये केही भने काठमाडौंको नाडा अटो शोमा पनि ल्याउने अपेक्षा गरिएको छ। -एजेन्सी 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.