आईतवार, आश्विन ११,२०८३ 07:29:52
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 07:29:52
Bizshala
Global IME Bank Limited

लक्ष्मी लघुवित्तको आर्थिक अवस्थामा सुधार, कुन सूचकमा कति अब्बल ?

Bizshala
लक्ष्मी लघुवित्तको आर्थिक अवस्थामा सुधार, कुन सूचकमा कति अब्बल ?
New Office

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आर्थिक अवस्थामा राम्रो सुधार गरेको छ । संस्थाले गत आवको चौथौ त्रैमाससम्ममा ५ करोड ३४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।  

संस्थाले यो बीचमा खुद ब्याज आम्दानी पनि बढाएको छ । कम्पनीले ४० करोड ३८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा संस्थाले ३८ करोड ३० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि ६८.४९ प्रतिशतले बढेर ७ करोड ४२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४६ करोड ६७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ५७.५२ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म संस्थाको सञ्चालन म्ुनाफा ७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  

संस्थाले कर्मचारी खर्च ३२ करोड ८८ लाख रुपैयाँबाट घटाएर ३१ करोड १० लाख रुपैयाँमा झारेको छ । अन्य सञ्चालन खर्च भने ४ करोड २० लाखबाट बढेर ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाले सञ्चित मुनाफा ६.५९ प्रतिशतले बढाएर १ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा २६ करोड ७७ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

निक्षेप संकलन २ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर २ अर्ब ३७ करोड पुर्याएको संस्थाले कर्जा प्रवाह पनि ५ अर्ब ८० करोडबाट बढाएर ६ अर्ब ३३ करोड पुर्याएको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा १ करोड ८६ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ४.२२ प्रतिशत रहेको छ । संस्थाको निष्कृय कर्जा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१२.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५१३.४६ रुपैयाँ, तरलता अनुपात ४.९६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०१.१० गुणा कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.