शनिबार, असार १४,२०८२ 02:42:05
  • शनिबार, असार १४,२०८२ 02:42:05
Global IME Bank Limited

'हिमालयन रि'का सेयरधनीको पोर्टफोलियो दुईमहिनामै ७४.२७% ले वृद्धि, सेयरमूल्य अझै बढ्नसक्ने यस्ता छन् आधार

Hyundai Nepal
'हिमालयन रि'का सेयरधनीको पोर्टफोलियो दुईमहिनामै ७४.२७% ले वृद्धि, सेयरमूल्य अझै बढ्नसक्ने यस्ता छन् आधार
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजार बढ्न थालेपछि सेक्टरवाइज सबै कम्पनीहरुको सेयरभाउ केही प्रतिशत बृद्धि भएको छ ।  

असार महिनाको अन्तिम सातादेखि बढ्न थालेको सेयरबजारमा लगानीकर्ताहरुले राम्रै नाफा बुक गरेका छन् ।  

यसरी नै लगातार सेयरभाउ बढ्दै आइरहेको हिमालयन रि इन्स्योरेन्सका सेयरधनीहरुले पनि दुई महिनायता ७४.२७ प्रतिशतसम्म नाफा बुक गर्न सफल भएका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

गत जुलाई १ मा ५५०.३० रुपैयाँ सेयरभाउ रहेको सो कम्पनीको मूल्य यतिबेला ९५९ रुपैयाँ पुगेको छ ।

कम्पनीको सेयरभाउ हजार रुपैयाँ नजिक पुगिसकेको छ । बजारमा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ अझै बढ्न सक्ने लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् । यो साता मात्रै कम्पनीको सेयर उच्च कारोबार भएको छ ।  

साउन २१ गते हिमालयन रि को एक अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

त्यस्तै, साउन २२ मा एक अर्ब ३९ करोड, साउन २३ मा एक अर्ब एक अर्ब ५३ करोड र साउन २४ गते एक अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

यो साता मात्रै हिमालयन रि इन्स्योरेन्सको कुल ५ अर्ब २६ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

आधारभुत पक्ष बलियो भएकै कारण हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ बढेको हुनसक्ने बजार जानकारहरु बताउँछन् ।  

हिमालयन रि इन्स्योरेन्सले व्यवसाय बृद्धिसँगै कम्पनी रेटिङ समेत अपग्रेड गर्न सफल भएको छ ।  

कम्पनीलाई इक्रा नेपालले ए माइनसबाट स्तरोन्नती गरेर इक्रा एनपी आइआर ए रेटिङ प्रदान गरेको छ । रेटिङमा समेत स्तरोन्नति हुँदा कम्पनीको मूल्य बढ्न सघाउ पुगेको हो ।  

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४३.३७ प्रतिशत बढी हो । कम्पनीको व्यवसाय र लगानीको अवस्था हेर्दा चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन रि ले उल्लेख्य नाफा कमाउनसक्ने लगानीकर्ताहरुले अनुमान लगाएका छन् ।  

साथै नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले चालु आर्थिक वर्षको माघ महिनासम्ममा २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । सोही बमोजिम कम्पनीले कायम चुक्तापुँजीको ८० प्रतिशत अर्थात् १०ः८ अनुपातमा हकप्रद जारी गर्ने तयारी समेत गरेको छ । यसर्थ पनि हिमालयन रि इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हुनसक्छ ।  

पुँजी बढाउने प्रयोजनकै लागि भएपनि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई उत्कृष्ट लाभांश बाँड्न सक्ने आँकलन गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.