शनिबार, मंसिर ८,२०८१ 02:23:52
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 02:23:52
IME remit
Global IME Bank Limited

बीमा कम्पनीहरुको झण्डै ८०% रकम बैंकमा थुप्रियो, सेयर बजारमा कति छ लगानी ?

Hyundai Nepal
बीमा कम्पनीहरुको झण्डै ८०% रकम बैंकमा थुप्रियो, सेयर बजारमा कति छ लगानी ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा साढे ७ खर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा र १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म विभिन्न क्षेत्रमा ७ खर्ब ४८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् ।  

जसमा जीवन बीमा कम्पनीहरुको मात्रै क्षेत्रगत लगानी ६ खर्ब ८२ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने निर्जीवन बीमकहरुले क्षेत्रगत लगानी ६६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।  

नेपाल बीमा प्राधिकरणले बीमकहरुको लगानी विविधिकरणमा जोड दिएपनि बीमा कम्पनीहरु मुद्दती निक्षेपमा लगानी गर्न बढी केन्द्रीत देखिन्छन् । बीमा कम्पनीहरुले कुल लगानीको ७६.१२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको निक्षेपमा मात्रै लगानी गरेको छ ।  

बीमा कम्पनीहरुले लगानी विविधिकरणमा जोड दिने बताएपनि लगानी जोखिम नहुने आशयले करिब ८० प्रतिशत रकम बैंकहरुमा निक्षेप राखेका छन् । पछिल्लो समय केही कम्पनीहरुले शिक्षा तथा स्वास्थ्य र हवाई जस्ता क्षेत्रमा लगानी गरेपनि ठूलो रकम बैंकहरुमा मुद्दतीमै निक्षेपको रुपमा संकलित छन् ।  

Bizshala
Shivam Cement
CG Motors

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र वा ऋणपत्र, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा २० प्रतिशतका दरले लगानी गर्न पाउछन् ।  

साथै, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वर्गको बैंक तथा वित्तीय संस्थामा चुक्तापुँजीको १० प्रतिशत र ‘ग’ वर्गको वित्तीय संस्थामा ५ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गर्न पाउछन् ।

यसबाहेक सेयरबजार अर्थात् सूचीकृत कम्पनीको सेयरमा १० प्रतिशत, कृषि उत्पादन तथा वितरण, पर्यटन उद्योग, हाइड्रोपावर, सौर्य उर्जा, केबलकार, सडक विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा १० प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ५ प्रतिशत र म्युचुअल फण्डमा ५ प्रतिशत रकम लगानी गर्न पाउने प्रावधान रहेको छ ।

प्राधिकरणले बीमकको लगानी निर्देशिका बमोजिम विभिन्न क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरिदिएपनि बीमा कम्पनीहरु मुद्दती निक्षेपमा मात्रै लगानी गर्न होम्मिएका छन् । मुद्दती निक्षेपमा लगानी गर्दा केही प्रतिशत भएपनि ब्याज आउने र अन्य क्षेत्रमा गरेको लगानी जस्तो जोखिम नहुने हुँदा बढी मुद्दतीमै रकम राख्ने गरेको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।  

बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा बैंकहरुको मुद्दती निक्षेपमा मात्रै ५ खर्ब ७४ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको छ । यो कुल लगानीको झण्डै ८० प्रतिशत रकम हो ।  

त्यस्तै, अग्राधिकार सेयर, बण्ड र डिबेञ्चरमा ५५ अबै ९८ करोड, अन्य क्षेत्रको लगानीमा ४४ अर्ब ९४ करोड, सूचीकृत पब्लिक कम्पनीको बण्ड र डिबेञ्चरमा १९ अर्ब ८६ करोड,  सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २२ अर्ब ९८ करोड, म्युचुअ लपण्ड र नागरिक लगानी कोषमा ३ अर्ब २३ करोड, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा र जलस्रोत क्षेत्रहरुमा ९ अर्ब ५८ करोड, सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा १ अर्ब १० करोड र सरकारी बचतपत्र र ऋणपत्रमा ३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेका छन् ।  

सेयर बजारमा झण्डै २३ अर्ब लगानी  

बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा झण्डै २३ अर्ब रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमकले गत आवको अन्त्यसम्म सेयरबजारमा २२ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका हुन् ।

जसमा जीवन बीमा कम्पनीहरुले मात्रै १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् ।

बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा गरेको लगानी कुल लगानीको ३.०७ प्रतिशत मात्रै रकम हो । प्राधिकरणले सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानीको दायरा बढाउन पाउने व्यवस्था गरेपनि बीमा कम्पनीहरुले सेयरबजारमा लगानी बढाउन सकिरहेका छैनन् ।  

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सम्म सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ । तर गत आवको अन्तिमसम्म बीमा कम्पनीहरुले कुल लगानीको ३.०७ प्रतिशत रकम मात्रै सेयरबजारमा लगानी गरेका छन् ।  

प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सेयरबजारमा लगानीको दायरा बढाउन पाउने व्यवस्था समेत गरेको छ । बीमा कम्पनीहरुले सम्बन्धीत कम्पनीको कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म रकम लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । यसअघि बीमकहरुले कायम चुक्तापुँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।  

सेयरबजारमा लगानी बढाउने पाउने विकल्प हुँदाका वाबजुत पनि बीमा कम्पनीहरुले ८० प्रतिशत रकम मुद्दती निक्षेपमै थुपारेका छन् ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.