शुक्रबार, असार १९,२०८३ 03:03:42
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:03:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतले अब बैङ्क खातामा नोमिनीको सङ्ख्या चार पुर्‍याउने

Laxmi Sunrise Bank Limited
भारतले अब बैङ्क खातामा नोमिनीको सङ्ख्या चार पुर्‍याउने

काठमाण्डौ। भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्‍याउने भएको छ। त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ। यो विधेयकमा बैङ्क खातामा इच्छ्याइएको व्यक्तिको सङ्ख्या हालको एकबाट बढाएर चारमा पुर्‍याइनेछ। अर्थात् अब खातावालाले आफ्नो खातामा ४ जना सम्मलाई नोमिनी राख्न सक्नेछन्।

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्री निर्मला सीतारमणले बैङ्किङ कानुन संशोधन विधेयकलाई लोक सभामा पेस गरेकी थिइन्। विधेयकलाई गत शुक्रवार केन्द्रीय मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। विधेयकमा भारतीय रिजर्भ बैङ्क अधिनियम १९३४ लगायत बैंकिङसम्बन्धी कयौँ कानुन र अधिनियम संशोधन प्रस्ताव गरिएको छ । बैंकमा दाबी गर्न नआएको रकम थुप्रिन थालेपछि सरकारले बैङ्क खातामा नोमिनीको सङ्ख्या बढाउन थालेको हो।

यही मार्च सम्ममा भारतीय बैंकमा कसैले दाबी गर्न नआएको रकम ७ खर्ब ८० अर्ब भारु पुगेको छ। यो विषयलाई लिएर लामो समयदेखि अर्थ मन्त्रालय र सरकारबिच ‘तनाव’ चलिरहेको थियो। दाबी नआएको पैसा सही हकवालालाई जाओस् भन्ने सुनिश्चित गर्न सरकारले संशोधन विधेयक ल्याएको जनाइएको छ।-एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.