बिहीबार, आश्विन ३,२०८१ 07:19:28
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:19:28
IME remit
Global IME Bank Limited

भारतले अब बैङ्क खातामा नोमिनीको सङ्ख्या चार पुर्‍याउने

Hyundai Nepal
भारतले अब बैङ्क खातामा नोमिनीको सङ्ख्या चार पुर्‍याउने
Nabil Bank Limited

काठमाण्डौ। भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्‍याउने भएको छ। त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ। यो विधेयकमा बैङ्क खातामा इच्छ्याइएको व्यक्तिको सङ्ख्या हालको एकबाट बढाएर चारमा पुर्‍याइनेछ। अर्थात् अब खातावालाले आफ्नो खातामा ४ जना सम्मलाई नोमिनी राख्न सक्नेछन्।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

अर्थमन्त्री निर्मला सीतारमणले बैङ्किङ कानुन संशोधन विधेयकलाई लोक सभामा पेस गरेकी थिइन्। विधेयकलाई गत शुक्रवार केन्द्रीय मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। विधेयकमा भारतीय रिजर्भ बैङ्क अधिनियम १९३४ लगायत बैंकिङसम्बन्धी कयौँ कानुन र अधिनियम संशोधन प्रस्ताव गरिएको छ । बैंकमा दाबी गर्न नआएको रकम थुप्रिन थालेपछि सरकारले बैङ्क खातामा नोमिनीको सङ्ख्या बढाउन थालेको हो।

यही मार्च सम्ममा भारतीय बैंकमा कसैले दाबी गर्न नआएको रकम ७ खर्ब ८० अर्ब भारु पुगेको छ। यो विषयलाई लिएर लामो समयदेखि अर्थ मन्त्रालय र सरकारबिच ‘तनाव’ चलिरहेको थियो। दाबी नआएको पैसा सही हकवालालाई जाओस् भन्ने सुनिश्चित गर्न सरकारले संशोधन विधेयक ल्याएको जनाइएको छ।-एजेन्सी

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.