शनिबार, असार २०,२०८३ 04:48:50
Bizshala
  • शनिबार, असार २०,२०८३ 04:48:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा: अध्यक्ष ढकाल

Laxmi Sunrise Bank Limited
ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा: अध्यक्ष ढकाल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन्। 

कैलाली उद्योग वाणिज्य संघको बार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिवार सम्बोधन गर्नुहुँदै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन्। 

New Office
CG Motors
Garima Development Bank

मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए। केन्द्रियसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ। 

यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानिय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो। कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरु मध्ये छैठौ स्थानमा रहेको र सबैभन्दा बढि गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए।

 जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरु बिकासको सम्भाहक हुने उनको भनाइ थियो। जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरि महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले सुनाए।

कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उहाँले प्रतिवद्धता जनाए। कैलाली उद्योग वाणिज्य संघको पचासौ बार्षिक साधारणसभाको अध्यक्ष ढकाल प्रमुख अतिथि थिए।  

कार्यक्रममा संघका अध्यक्ष पुष्प कुँवरले सुदुरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउए। साथै सुदुरपश्चिमका उत्पादनको बजारीकरण, वित्तिय पहुँच लगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको पनि उनको भनाइ थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.